वरिष्ठ गायक रामकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो राजनीतिक कदमको खुलेर प्रशंसा गरेका छन् ।

वरिष्ठ गायक रामकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पछिल्लो राजनीतिक कदमको खुलेर प्रशंसा गरेका छन् । रविले बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेर आफू पार्टीको जिम्मेवारीमा रहने जुन निर्णय गरे, त्यसलाई ढकालले एउटा ऐतिहासिक ‘त्याग’ भनेका छन् ।

रविलाई सम्बोधन गर्दै ढकालले सामाजिक सञ्जालमा लेखेका छन्, “नेतृत्व भनेको सधैं आफू मात्र अगाडि जानु होइन, देशलाई आवश्यक परेको बेला सही पात्रलाई अगाडि सार्नु पनि हो ।” उनले रविको यो सोच र निर्णयले नेपाली राजनीतिमा नयाँ र सकारात्मक उदाहरण पेश गरेको उल्लेख गरेका छन् ।

देशमा परिवर्तनको लहर ल्याउन मतदान गर्ने सम्पूर्ण नेपालीहरूलाई पनि ढकालले सम्मान व्यक्त गरेका छन् । उनले लेखेका छन्, “परिवर्तन चाहेर यो नतिजा ल्याउनुहुने सम्पूर्ण नेपालीमा नमन ।”

रवि लामिछाने र रामकृष्ण ढकालबीच लामो समयदेखिको मित्रता छ । सोही मित्रताको भाव झल्काउँदै ढकालले रविले लेखेको र आफूले गाएको ‘तिम्रो आगमनले फेरी नयाँ उमंग ल्यायो…’ बोलको चर्चित गीत पनि समर्पित गरेका छन् । उनले लेखेका छन्, “तिम्रो गीत तिमीमै समर्पित प्रिय साथी रवि ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
दिपक ज्ञवाली
लेखकको बारेमा

दिपक ज्ञवाली

ज्ञवाली नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

बुद्ध जयन्तीकै दिन भत्काइए गुम्बा र मन्दिरका केहि तस्वीरहरु

बुद्ध जयन्ती : बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

छुटाउनुभयो कि ?