दैलेखको ग्यास घर–घरमा पुर्‍याउने ओलीको घोषणा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनपछि आफ्नो नेतृत्वमा सरकार बनेमा स्वदेशमै उत्पादन हुने ग्यास घर–घरमा पुर्‍याउने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ओलीले आफू सरकारमा रहेका बेला दैलेखमा ग्यास उत्खननसम्बन्धी सम्भाव्यता अध्ययनलाई तीव्रता दिइएको उल्लेख गरेका छन्। उनका अनुसार दैलेख क्षेत्रमा करिब १ खर्ब १२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भइसकेको छ।

इन्धन अभावका बेला नेपाली जनताको मनोबल उच्च राख्न पाइपमार्फत घर–घरमा ग्यास पुर्‍याउने योजना अघि सारिएको र सोहीअनुसार काम अगाडि बढाइएको ओलीको दाबी छ। दैलेखमा नमुना परीक्षण सफल भइसकेपछि व्यावसायिक उत्पादनको तयारी भइरहेकै अवस्थामा सरकारबाट बाहिरिनु परेपछि आयोजना अलपत्र परेको उनले बताएका छन्।

अध्यक्ष ओलीले पुनः सरकारको नेतृत्वमा पुगेपछि स्वदेशी उत्पादनको ग्यास प्रयोग गर्ने नेपाली जनताको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यसअघि पाइपमार्फत ग्यास पुर्‍याउने अवधारणा प्रस्तुत गर्दा केहीले व्यङ्ग्यसमेत गरेको स्मरण उनले गराएका छन्।

ग्यास उत्खनन स्थलको तस्बिर सार्वजनिक गर्दै ‘अब घर–घरमा पुर्‍याउँछौँ’ भन्ने स्टाटस लेखेपछि ओलीको भनाइ पुनः चर्चामा आएको छ।

नेपाल प्रेस खबर
प्रकाशित: २०८२ माघ २२ गते

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?