अर्घाखाँची — सातौँ अर्घाखाँची महोत्सव एवं कृषि तथा औद्योगिक मेला २०८२ यस वर्ष विगतका संस्करणहरूभन्दा फरक, आकर्षक र बहुआयामिक स्वरूपमा आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सवले कृषि, उद्योग र स्थानीय उत्पादनको प्रवर्द्धनसँगै सर्वसाधारणका लागि भरपूर मनोरञ्जनको व्यवस्था गर्नेछ।

महोत्सव अवधिभर दर्शक तथा आगन्तुकहरूले यसअघि अर्घाखाँचीमा कमै देखिएका नवीन तथा रोमाञ्चक मनोरञ्जनात्मक कार्यक्रमको अनुभव गर्न पाउनेछन्। विशेषगरी लन्डन ब्रिज, जलपरी (मरमेड) शो लगायतका आधुनिक मनोरञ्जन दृश्यहरू महोत्सवका मुख्य आकर्षणका रूपमा रहने आयोजकले जनाएको छ। यस्ता कार्यक्रमहरूले बालबालिका, युवा तथा परिवारसहितका दर्शकलाई नयाँ अनुभूति दिलाउने अपेक्षा गरिएको छ।
कृषि तथा औद्योगिक मेलाका रूपमा आयोजना हुने यस महोत्सवमा स्थानीय कृषक, उद्यमी र उद्योगीहरूले आफ्ना उत्पादनहरू प्रदर्शन तथा बजारीकरण गर्ने अवसर पाउनेछन्। यसले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
यसैगरी महोत्सवको सूचना प्रवाह, प्रचार–प्रसार तथा गतिविधिहरूलाई प्रभावकारी रूपमा आमजनतासमक्ष पुर्याउन अर्घाखाँची बुलेटिङ, अर्घाखाँची डट कम (Arghakhanchi.com) र नेपाल प्रेस खबर ले मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने भएका छन्। मिडिया साझेदारीमार्फत महोत्सवका गतिविधि, विशेष कार्यक्रम र उपलब्धिहरू समयमै सार्वजनिक हुने आयोजकले जनाएको छ।
सातौँ अर्घाखाँची महोत्सव एवं कृषि तथा औद्योगिक मेला २०८२ ले कृषि, उद्योग, संस्कृति र मनोरञ्जनलाई एउटै थलोमा जोड्दै अर्घाखाँचीको पहिचान र सम्भावनालाई राष्ट्रियस्तरमा उजागर गर्ने अपेक्षा गरिएको


