
सारांश
• बिहीबार सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ स्थिर रहँदा चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ९८० रुपैयाँ पुगेको छ।
• नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अघिल्लो दिनकै कायम भएको र चाँदीको मूल्य बढेको जानकारी दिएको छ।
• अमेरिकी केन्द्रीय बैंकले संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाउँदा सुनचाँदीको भाउ बढ्न दबाब परेको छ।
१३ कात्तिक, काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहँदा चाँदी बढेको छ । सुनको भाउ अघिल्लो दिनकै मूल्य तय भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्य तय भएको थियो ।त्यस्तै चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ बढेको छ ।
आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।अमेरिकी केन्द्रीय बैंकले बुधबार मात्रै संघीय कोषको ब्याजदर ०.२५ प्रतिशत विन्दुले घटाएको थियो । ब्याजदर कटौतीले सुनचाँदीको भाउ बढ्न दबाब पुग्छ ।


