कांग्रेस संस्थापनको गोप्य बैठक धोविघाटमा।

सारांश

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी छ।

बैठकमा केन्द्रीय समिति बैठकका एजेण्डा र पार्टीको १५औँ महाधिवेशनबारे छलफल भइरहेको छ।

महाधिवेशन वैशाखमा गर्ने र निर्वाचन नहुने भए फागुनमा गर्ने प्रस्ताव लैजाने विषयमा छलफल हुँदैछ।

काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको संस्थापन समूहको बैठक जारी छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बैठक जारी रहेको एक नेताले जानकारी दिए ।बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी र प्रभावशाली केन्द्रीय सदस्यहरूलाई बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएपछि खड्काले बोलाएको गुटको यो चौथो बैठक हो । देउवाले उपसभापति खड्कालाई गत असोज २८ बसेको केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

त्यसपछि खड्काले असोज २९ र ३० गते तथा कात्तिक ८ गते बुधबार बैठक बसिरहेकै स्थान सिद्धार्थ कटेजमा संस्थापन पक्षीय नेताहरूको बैठक राखेका थिए । बैठकमा जारी केन्द्रीय समिति बैठकका एजेण्डा र पार्टीको १५ औँ नियमित महाधिवेशनबारे छलफल भइरहेको सहभागी एक नेताले जानकारी दिए।

‘१४औँ महाधिवेशनमा शेरबहादुर दाइलाई सभापतिमा सार्वजनिक र नैतिक समर्थन गरेका सबै नेताहरूको बैठक बसिरहेका छौँ,’ बैठकमा सहभागी एक पदाधिकारीले रातोपाटीसँग भने, ‘पार्टीको जारी केन्द्रीय समिति बैठक र महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । सरकारले घोषणा गरेको निर्वाचन हुने देखिएमा महाधिवेशन वैशाखमा गर्ने र निर्वाचन नहुने भएमा फागुनमा गर्ने प्रस्ताव लैजाने विषयमा छलफल भइरहेको छ ।’महाधिवेशनको मिति भने सर्वसम्मत तरिकाले पास गर्न नेताहरूले कार्यवाहक सभापति खड्कालाई सुझाइरहेका छन् ।असोज २९ र ३० गते संस्थापनका केन्द्रीय सदस्यहरू सबैसँग महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल गरेका खड्काले कात्तिक ८ गते शनिबार भने संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारी तथा केही प्रभावशाली केन्द्रीय सदस्यहरूसँग महाधिवेशनको मिति र समसामयिक राजनीतिबारे कुराकानी गरेका थिए ।

आजको छलफलमा मुख्यगरी विशेष महाधिवेशनका लागि विशेष कारण खुलाएर बुझाइएको हस्ताक्षर र महाधिवेशनका बारेमा छलफल भइरहेको नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?