ध्वस्त कार्यालय अवलोकनपछि सूर्य थापाको टिप्पणीः रास्वपा र माओवादीका हुल्लडबाजबाट क्षति भयो, पानीमुनि गएपनि अपराधी लुक्न पाउनेछैनन्।

रुपन्देही । नेकपा (एमाले)का केन्द्रीय नेता सूर्य थापाले आफ्नो पार्टीका नेताका घर तथा कार्यालयहरू खोजीखोजी ध्वस्त बनाउने रास्वपा र माओवादीका हुल्लडबाज भएको आरोप लगाएका छन् ।प्युठानको बिजुवारस्थित सहिद उमेशचन्द्र थापा स्मृति भवनमा भएको आगजनीपछिको अवस्थाको स्थलगत अवलोकनपछि उनले यस्मा संलग्नहरूलाई पानीमुनि गएपनि छाड्न नसकिने जनाएका छन्। प्युठानको कार्यालयमा मात्रै उनले आगजनीबाट करिब ३२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको बताएका छन्।

थापाका अनुसार सो भवनमा योजनाबद्ध रूपमा आगो लगाइएको प्रमाणहरू भेटिएका छन्। उनले भने, ‘जेन्जीका नाममा विगतमा एमालेमै रहेका र अहिले ‘छ घाटको पानी खाएर अझै नयाँ हौँ’ भन्दै नाटक गरिरहेका रास्वपा तथा माओवादी केन्द्रसँग सम्बन्धित केही हुल्लडवाज, मतिका अवसरवादी र तिहुनचखुवा जमात यस घटनामा संलग्न देखिएका छन्।’

उनका अनुसार बाग्दुला र जुम्री क्षेत्रबाट उकासिएको समूहले एमालेको पार्टी कार्यालयतर्फ अगाडि बढेर अपराध गरेको र बिजुवार चौतारासम्म पुगेपछि रातो घरतर्फ पठाई लुसुक्क पछि हटेको तथ्य फेला परेको छ।थापाले अपराधीहरूका तस्बिर, भिडियो क्लिप र अन्य प्रमाण सुरक्षित रहेको बताउँदै भने, ‘खुलेआम जो जसको खोल ओढेर हिँडिरहेका छन्, ती अपराधी नै हुन्। पानीमुनि गएर लुक्न खोजे पनि उनीहरूलाई उन्मुक्ति मिल्ने छैन र कुनै हालतमा माफी दिइने छैन। कानुनी कारबाही गरिछाड्ने निश्चित छ।’नेता थापाले आगजनीलाई पार्टीविरुद्धको राजनीतिक आक्रमणका रूपमा व्याख्या गर्दै स्थानीय जनताको सहयोगमा भवन पुनर्निर्माण गर्ने तयारी भएको बताए।

उनका अनुसार कात्तिक २ गते बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी, पालिका र वडा कमिटीहरू तथा जनसङ्गठनहरूको सामूहिक बलबुँता र सहयोगमा कार्यालय पुनः निर्माण गर्ने निर्णय गरेको छ।थापाले सबैलाई पुनर्निर्माण अभियानमा ऐक्यबद्ध हुन आग्रह गर्दै भने, ‘हामीले पार्टी कार्यालय पुनः निर्माणको योजना बनाइसकेका छौँ ।। यस कार्यलाई छिट्टै सम्पन्न गर्ने सङ्कल्प गरेका छौँ।’ स्थानीय पार्टी कार्यकर्ताहरूले पनि घटनाको निन्दा गर्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?