
बाढीपहिरो पीडितलाई राहत सामग्री नदिएको भन्दै स्थानीय युवाले इलामको देउमाई नगरपालिकाका मेयर सूर्यप्रसाद पाेख्रेललाई उल्टै तेल–चामल हस्तान्तरण गरेका छन्।
स्थानीय युवाले आज नगरपालिकाको कार्यालय पुगेर विरोध स्वरुप मेयरलाई तेल–चामल हस्तान्तरण गरेका हुन्।
मेयर पोखरेलले बाढीपहिरो पीडित गएको ठाउँमा स्थलगत भ्रमणमा नगएको तथा राहत वितरणमा चासो नदिएको उनीहरूको आरोप छ।
१९ र २० असोजमा भारी वर्षापछि इलामका देउमाईलगायत स्थानहरूमा बाढीपहिरो गएको थियो।


