२०२५ को चिकित्सातर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकहरूलाई प्रदान गरिएको छ —
👉 मेरी ई. ब्रनको (Mary E. Brunkow) – इन्स्टिच्युट फर सिस्टम्स बायोलोजी, सिएटल, अमेरिका
👉 फ्रेड र्याम्सडेल (Fred Ramsdell) – सोनोंमा बायोथेराप्युटिक्स, सान फ्रान्सिस्को, अमेरिका
👉 शिमोन साकागुची (Shimon Sakaguchi) – ओसाका विश्वविद्यालय, जापान
उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीमा हुने ‘पेरिफेरल इम्युन टोलेरेन्स’ सम्बन्धी महत्वपूर्ण अनुसन्धान गरेर मानव स्वास्थ्य विज्ञानमा ठूलो योगदान दिएका छन्।
🔬 उनहरूको अनुसन्धानको मूल उद्देश्य
प्रतिरोधात्मक प्रणालीले कसरी शरीरभित्र प्रवेश गर्ने लाखौं सूक्ष्मजीवहरूलाई चिनेर नियन्त्रण गर्छ भन्ने विषयमा केन्द्रित थियो। उनीहरूले शरीरको प्रतिरक्षा प्रणालीले हानिकारक जीवाणु र आफ्नै शरीरका कोषिकाबीच कसरी भिन्नता गर्छ भन्ने जटिल प्रक्रिया पत्ता लगाएका हुन्।
यो खोजले स्व–प्रतिरक्षा रोग (Autoimmune Diseases) जस्तै रुमाटोइड आर्थ्राइटिस, टाइप-१ मधुमेह, मल्टिपल स्क्लेरोसिस आदिको उपचारमा नयाँ दिशा खोल्ने विश्वास वैज्ञानिकहरूले व्यक्त गरेका छन्।
नोबेल समितिले भनेको छ —
“उनीहरूको योगदानले प्रतिरक्षा प्रणाली कसरी नियन्त्रणमा रहन्छ भन्ने बुझाइमा क्रान्तिकारी परिवर्तन ल्याएको छ।”

