सर्वाेच्चले भदाै २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने

काठमाण्डाै – सर्वाेच्च अदालतले आउँदो आइतवार भदाै २९ गतेदेखि बन्दी प्रत्यक्षीकरणका निवेदन दर्ता र नियमित सुनुवाइ गर्ने भएको छ । आज बसेको सर्वाेच्च अदालतको आकस्मिक बैठकले यो निर्णय गरेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।

‘जेन–जी’ को आन्दोलनका कारण सर्वाेच्च अदालत, सिंहदरबारसहित काठमाण्डौका प्रमुख प्रशासकीय भवनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

प्रधानन्यायाधीश राउतले आगजनी, ढुङ्गामुढा, तोडफोड, लुटपाटबाट अदालतका भवनमा भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । यस्तै उहाँले आगजनी र नष्ट हुनबाट जोगिएका नागरिकको सम्पत्तिका रूपमा रहेका अदालतका मिसिल कागजातहरू र भौतिक स्रोतसाधनको संरक्षणमा खट्ने कर्मचारी, सुरक्षाकर्मीहरूलाई धन्यवाद दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

छुटाउनुभयो कि ?