जनयुद्धमा ट्रेनिङ लिएकी हुँ,भारतसँग लड्नपरे पनि तयार छुसांसद रेनु चन्द

नेकपा (माओवादी केन्द्र) की सांसद रेनु चन्दले राष्ट्रिय सभाको शुक्रबारको बैठकमा सीमा क्षेत्रमा नेपालीहरूको अवस्था नाजुक रहेको बताउँदै, भारतसँग सामना गर्न नेपालीहरू तयार रहेको बताएकी छन्।

सांसद चन्दले आफू पनि जनयुद्धकालीन प्रशिक्षण प्राप्त व्यक्ति भएको उल्लेख गर्दै सरकारसँग लिपुलेकमा चीन–भारतबीच भएको व्यापार मार्ग सम्बन्धी सहमति विषयमा कूटनीतिक पहल गर्न आग्रह गरेकी छन्। उनले सबै राष्ट्रिय शक्तिहरूले मिलेर पहल गर्नुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “हामी हात्तीसँग लड्न परे पनि लड्नेछौं, तर मुख्य प्राथमिकता कूटनीतिक पहल नै हो। म जनयुद्ध लडेकी र प्रशिक्षण प्राप्त व्यक्ति हुँ भन्ने जानकारी सरकारलाई दिन चाहन्छु।”

संसद जस्तो गरिमामय पदमा बसेर छिमेकीसँगको सम्बन्ध बिगार्न खोजेको भन्दै उनको आलोचना पनि सुरु भएको छ। केही समयअघि माल्दिभ्सका संसदहरूले यस्तै अभिव्यक्ति दिँदा त्यहाँको सरकारले संसदलाई बरखास्त गर्नुपर्ने अवस्था पनि आएको थियो। सामाजिक सञ्जालमा सांसद रेनुको भाषिक संवेदनशीलताप्रति चर्को आलोचना सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?