
- धेरैजसो राशिमा सामान्यदेखि राम्रो दिन रहनेछ ।
- स्वास्थ्य र शिक्षामा सुधारका संकेतहरू देखिन्छन् ।
- काम गर्दा संयम अपनाउनु र योजनाबद्ध हुनु उचित हुन्छ ।
मेष : दिन सामान्य छ । कुरा काट्नेहरु बढ्ने छन् । शिक्षा र वैदेशिक क्षेत्रमा भने सुधारका संकेत देखिने छन् ।
वृष : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आउन सक्छ । शिक्षा र वैदेशिक रोजगारीमा भने श्रमको मूल्याङ्कन हुनेछ ।
मिथुन : दाजुभाइसँग गरेको कार्यएकताले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आम्दानी हुनेछ । धार्मिक क्षेत्रमा रुची घट्ने छ ।
कर्कट : दिन राम्रो छ । श्रमको फल अरुले लिन सक्छन् । स्वास्थ्य र शिक्षामा अघि बढ्नु होला ।
सिंह : दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ । गोपनीयता कायम गर्नुपर्ने दिन छ ।
कन्या : दिन राम्रो छ । कृषिमा गरेको लगानीबाट नाफा हुनेछ । परिवारको साथ लिएर अघि बढ्नु उचित हुनेछ ।
तुला : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । आज गरेको लगानीले आम्दानी बढाउने छ ।
वृश्चिक : बोलीमा सरस्वतीको बास छ । सोचेका काम बन्नेछन् । उपल्लो स्थानमा भएका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्ने छ ।
धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । दाजुभाइसँगको सहकार्यमा तपाईंलाई फाइदा हुनेछ ।
मकर : दिन राम्रो छ । घुमघाम तय हुन सक्छ । धर्मकर्ममा रमाउने दिन छ ।
कुम्भ : दिन राम्रो छ । स्वास्थ्य र शिक्षामा सुधारका संकेत देखिन्छन् । परिवारको सहयोगमा काम गर्नुहोला ।
मीन : दिन सामान्य छ । स्वास्थ्यमा समस्या आउन सक्छ । आजको दिन थोरै मात्र बोल्नु उचित हुनेछ ।

