आज मिति २०८३ साल साउन महिनाको १३ गते बुधबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • आजको दिनमा रचनात्मक र सामाजिक कार्यबाट सफलता मिल्नेछ।
  • धेरै राशिका लागि आर्थिक लाभका नयाँ अवसरहरू जुट्नेछन्।
  • कतिपय काममा चुनौती र खर्च बढे पनि समग्रमा दिन सुखद रहनेछ।

मेष- रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्‍ट भोजनको आनन्द पाइएला। दाम्पत्य जीवन सुखद रहनेछ। समग्रमा दिन रमाइलो छ।

वृष- खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।

मिथुन- प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। व्यवसायमा लगानी बढाउन सकिनेछ। पहिलेका समस्या दोहोरिन सक्छन्। परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्‍नेछन्।

कर्कट- विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।

सिंह- मान-सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। आश मारेको काम बन्‍नाले उत्साह जाग्‍नेछ।

कन्या- नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला।

तुला- आज मनग्य धन आर्जन होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ।

वृश्‍चिक- पति-पत्‍नीबीच घरसल्लाह नमिल्न सक्छ। नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन्। व्यावसायिक काममा भने खर्च बढ्नेछ।

धनु- प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। सिर्जनामा रुचि बढ्नेछ।

मकर- आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ।

कुम्भ- कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। लगनशीलताले कीर्तिमान दिलाउन सक्छ।

मीन- रोकिएका काम सम्पादन हुनेछन्। पठन-पाठनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्‍ने मौका जुट्न सक्छ। आश्‍वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?