सरकारले भन्याे– आइतबारको बिदा खारेज गर्न लागिएको होइन

समाचार सारांश
Auto Generated by AI
  • आइतबारको सार्वजनिक बिदा खारेज गर्ने तयारी नरहेको सरकारले स्पष्ट पारेको छ।
  • बिदा हटाउने सम्बन्धमा सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको जानकारी दिइएको छ।
  • केही सञ्चारमाध्यममा आएका बिदा खारेजीसम्बन्धी समाचारमा सत्यता नरहेको सरकारको भनाइ छ।

नेपाल प्रेसखबर अर्घाखाँची

नेपाल सरकारले दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्न लागेको भन्ने समाचार सत्य नभएको सरकारले जनाएको छ।

आजका केही मिडियामा सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिँदै आएकामा आइतबारको बिदा खारेज गर्ने तयारी गरेको समाचार आएपछि सरकारले त्यसको खण्डन गरेको हो।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भनेर आएको समाचार सत्य नभएको बताइन्। उनले भनिन्, “यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन र अहिलेका लागि यस सम्बन्धमा कुनै तयारी पनि छैन।

”यसअघि पश्चिम एसियाको समस्याका कारण इन्धनमा भएको निरन्तरको मूल्यवृद्धि लगायतले जनजीवनमा सहज होस् भन्ने उद्देश्यले गत चैत २२ को मन्त्रिपरिषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिएर कार्यालय समय बिहान ९ः०० देखि अपराह्न ५ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

आज मिति २०८३ ज्येष्ठ २४ गते आइतवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

आज मिति २०८३ ज्येष्ठ २३ गते शनिवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा विद्यार्थीको प्रदर्शन

विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णयविरद्ध महासंघ थप आन्दोलित

आज मिति २०८३ ज्येष्ठ २२ गते शुक्रवारको दिन माता सुपादेउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

राष्ट्रियताको रक्षार्थ राष्ट्रिय जनमोर्चा अर्घाखाँचीद्वारा कोणसभा सम्पन्न।

छुटाउनुभयो कि ?