जन्मदिनमा उदाहरणीय कार्य : वडाध्यक्ष खनालद्वारा अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ सहयोगअर्घाखाँची ।

समाचार सारांश
Auto Generated by AI
  • भूमिकास्थान-१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा ७१ हजार १११ रुपैयाँ सहयोग गर्नुभयो।
  • उक्त रकम ढाकावाङ्गस्थित अर्जुनेश्वर शिवालय मन्दिर निर्माण र धार्मिक पर्यटन प्रवर्द्धनका लागि प्रदान गरिएको हो।
  • जन्मदिनको खर्च कटाएर सामाजिक कार्यमा गरिएको यस सहयोगको स्थानीय बासिन्दाले उच्च प्रशंसा गरेका छन्।

जन्मदिनमा उदाहरणीय कार्य : वडाध्यक्ष खनालद्वारा अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ सहयोगअर्घाखाँची ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपालप्रसाद खनालले आफ्नो ४० औँ जन्मदिनको अवसरमा धार्मिक तथा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्नुभएको छ।वडाध्यक्ष खनालले भूमिकास्थान नगरपालिका–१ र २ ढाकावाङ्गस्थित श्री अर्जुनेश्वर शिवालय मन्दिर निर्माणका लागि ७१ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको हो।

निर्माणाधीन मन्दिरको विकास तथा धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको उहाँले बताउनुभएको छ।व्यक्तिगत उत्सवलाई समाजसेवासँग जोड्दै गरिएको यस सहयोगको स्थानीयवासी, मन्दिर व्यवस्थापन समिति तथा धार्मिक आस्थावान समुदायले उच्च प्रशंसा गरेका छन्। जन्मदिनमा अनावश्यक खर्च नगरी धार्मिक तथा सामुदायिक पूर्वाधार निर्माणमा सहयोग गर्नु प्रेरणादायी कार्य भएको स्थानीयहरूको भनाइ छ।निर्माणाधीन अर्जुनेश्वर शिवालय मन्दिर ढाकावाङ्ग क्षेत्रको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

मन्दिर निर्माण सम्पन्न भएपछि धार्मिक गतिविधि विस्तार हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।वडाध्यक्ष खनालको यस सहयोगले समाजमा जन्मदिनजस्ता व्यक्तिगत खुसीका अवसरलाई सामाजिक हितसँग जोड्ने सकारात्मक सन्देश प्रवाह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
विशाल खनाल
लेखकको बारेमा

विशाल खनाल

विशाल खनाल नेपाल प्रेस खबरका संबाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?