अर्घाखाँचीका कमल सौरागको नयाँ धमाका “तिमीलाई देखेर” सार्वजनिक(भिडियो सहित)

समाचार सारांश
Auto Generated by AI
  • कलाकार कमल सौरागले शान्ति श्री परियारको स्वरमा नयाँ गीत तिमीलाई देखेर सार्वजनिक गरेका छन्।
  • मौलिक लोक लय र आधुनिक संगीत मिश्रित यस गीतको भिडियोमा कमल र उषाको अभिनय रहेको छ।
  • नेपाल र अमेरिकामा समेत लोकप्रिय कमलको यो गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ।

नेपाल प्रेसखबर अर्घाखाँची

 अर्घाखाँचीको सन्धिखर्क–८ गाँजरीमा जन्मिएका तथा नेपालसँगै अमेरिकामा समेत गीत–संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित कलाकार कमल सौराग ले नयाँ म्युजिक भिडियो  “तिमीलाई देखेर” सार्वजनिक गरेका छन्।

लोकदोहोरी क्षेत्रमा फरक शैली, उत्कृष्ट संगीत संयोजन र सशक्त स्वरका कारण लोकप्रिय बनेका कमल सौरागको नयाँ गीत “तिमीलाई देखेर” सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

विशेषगरी मौलिक लोक लयलाई आधुनिक संगीत संयोजनसँग जोड्ने उनको शैली दर्शक तथा श्रोतामाझ निकै रुचाइने गरेको छ। नेपालमा मात्र होइन, अमेरिकामा समेत सांगीतिक कार्यक्रममार्फत आफ्नो कला प्रस्तुत गर्दै आएका कमल सौराग प्रवासमा रहेका नेपालीमाझ पनि उत्तिकै लोकप्रिय छन्।

उनले विभिन्न चर्चित लोकदोहोरी गीतमा स्वर, संगीत तथा एरेन्ज गरिसकेका छन्। स्टुडियो रेकर्डिङदेखि लाइभ स्टेज कार्यक्रमसम्म उनको प्रस्तुति ऊर्जावान र दमदार आकर्षकमा देखिएका छन् । नयाँ पुस्ताका माझ पनि उनी प्रेरणाको स्रोतका रूपमा चिनिन्छन्।

गीतमा कमल सौरागसँगै चर्चित गायिका शान्ति श्री परियार को स्वर रहेको छ भने राजकुमार बगर को शब्द तथा संगीत संयोजन स्वयं कमल सौरागकै रहेको छ। भिडियोमा कमल सौराग र उषा उप्रेती को दमदार अभिनय देख्न सकिन्छ।

भावना म्युजिक सोलुसनमार्फत सार्वजनिक गरिएको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी मुकेश नेपाली ले गरेका हुन्। नयाँ पुस्ताको स्वाद र मौलिक लोक लयको समिश्रण रहेको गीतमा माया प्रेमका कुरा देखाउन खोजिएको छ । छोटो समयमै राम्रो चर्चा बटुल्न सक्ने सम्भावना रहेको उनका शुभचिन्तकहरुले बताएका हुन्

स्रोत हरि कुँवर

हेर्नुहोस भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?