हेटौंडाका उपमेयरमाथि कुटपिट

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि कुटपिट भएको छ ।

हेटौंडा-२ बुद्धचोकस्थित बानियाँ ट्रेडर्स अगाडि उपमेयर बानियाँलाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिए ।

बानियाँ ट्रेडर्स (कपडा पसल) उनको आफ्नै हो । हेटौंडा-१ घर भएका ५२ वर्षीय खड्कालाई नियन्त्रणमा लिइएको एसपी खड्काले बताए ।

उपमेयर बानियाँमाथि खड्काले किन कुटपिट गरे भन्ने बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ट्रेन्डिङ्ग

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?