आज मिति २०८३ साल भदौ महिनाको २५ गते बिहिबारको दिन माता सुपा देउरालीको दर्शन गरी हेर्नुहोस् आजको राशिफल

समाचार सारांश
Auto Generated by AI
  • मेष, मिथुन, कर्कट, कन्या र मकर राशिका लागि आज आर्थिक तथा स्वास्थ्य सावधानी अपनाउनु पर्ने देखिन्छ।
  • वृष, सिंह, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिहरूका लागि भने काममा सफलता र उत्साह थपिने दिन छ।
  • समग्रमा आफ्नो निर्णयमा धैर्यता राख्दै स्वास्थ्य र खानपानमा ध्यान दिँदै आजको दिनलाई सहज बनाउनुहोस्।

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज घरेलु समस्याले केही सताउन सक्छ, त्यसैले पारिवारिक कुरामा धैर्यता अपनाउनुहोला। जग्गाजमिन वा घरसम्बन्धी काममा निर्णय लिँदा सोचविचार गर्नु बुद्धिमानी हुनेछ। आमाको स्वास्थ्यमा विशेष ख्याल राख्नुहोला। अनावश्यक यात्राबाट जोगिनु नै राम्रो हुनेछ।

वृष : तपाईंको पराक्रम र आत्मविश्वासमा बृद्धि हुनेछ। छरछिमेक तथा दाजुभाइको सहयोगले रोकिएका पुराना कामहरूले गति लिनेछन्। छोटो तथा रमाइलो यात्राको योग रहेको छ। साहित्यिक तथा बौद्धिक क्षेत्रमा गरिएको प्रयासले ठूलो प्रशंसा दिलाउनेछ।

मिथुन : आर्थिक मामिलामा आज विशेष सतर्कता अपनाउनुहोला। अनावश्यक खर्च बढ्न सक्ने हुनाले लगानी गर्दा निकै सोचविचार गर्नुहोला। पारिवारिक आवश्यकतापूर्तिको लागि केही दौडधूप गर्नुपर्नेछ। खानपानमा ध्यान नदिएमा स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

कर्कट : दिनको सुरुवाती समय अनुकूल रहे पनि मध्यान्हपछि खर्च बढ्न सक्छ। बोल्दा शब्दहरूको चयनमा विशेष ध्यान दिनुहोला, अन्यथा गलत अर्थ लाग्न सक्छ। व्यापार व्यवसायमा मध्यम लाभ मिल्नेछ भने स्वास्थ्य सामान्य रहनेछ।

सिंह : चन्द्रमा तपाईंको आफ्नै राशिमा प्रवेश गर्ने भएकाले आज मन प्रसन्न र उत्साहित रहनेछ। नयाँ कार्यको थालनी गर्नका लागि समय अति उत्तम रहेको छ। दाम्पत्य जीवनमा मिठास छाउनेछ र कार्यक्षेत्रमा तपाईंको नेतृत्वको प्रशंसा हुनेछ।

कन्या : वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरूमा केही ढिलासुस्ती हुन सक्छ। अनावश्यक खर्च नियन्त्रण गर्नुपर्ने चुनौती थपिनेछ। स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्ने भएकाले आराममा विशेष ध्यान दिनुहोला। गुप्त शत्रुहरूबाट सतर्क रहँदै काम गर्नुहोस्।

तुला : आयस्रोतका नयाँ बाटोहरू खुल्नेछन् भने रोकिएका धन उठ्नेछ। मित्र तथा दाजुभाइको भरपूर सहयोगले ठूला कामहरू सम्पन्न हुनेछन्। सामाजिक क्षेत्रमा तपाईंको मानप्रतिष्ठा र प्रभाव बढ्नेछ। शेयर बजार वा व्यापारिक लगानीबाट राम्रो मुनाफा कमाउन सकिनेछ।

वृश्चिक : कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र क्षमताको उच्च कदर हुनेछ। उच्च पदस्थ व्यक्तिको सहयोगले नयाँ अवसरहरू प्राप्त हुनेछन्। राजनीति तथा सामाजिक क्षेत्रमा संलग्न व्यक्तिहरूका लागि दिन विशेष उपलब्धिको रहनेछ। बुवाको सल्लाह लिएर काम गरेमा सफलता मिल्नेछ।

धनु : भाग्यले पूर्ण रूपमा साथ दिने हुनाले धार्मिक तथा आध्यात्मिक कार्यमा मन जानेछ। लामो दूरीको यात्रा वा वैदेशिक यात्राको सम्भावना बलियो छ। विद्यार्थीहरूका लागि उच्च शिक्षा अध्ययन गर्ने मार्ग खुल्नेछ। रोकिएका कामहरू बन्नाले मनमा असीम आनन्द छाउनेछ।

मकर : स्वास्थ्यमा केही विशेष सावधानी तथा सतर्कता अपनाउनुहोला। सवारी साधन चलाउँदा वा जोखिमपूर्ण कार्य गर्दा विशेष ध्यान दिनुहोला। आकस्मिक खर्च बढ्न सक्नेछ। गोपनीयता अपनाएर काम गरेमा अप्रत्याशित सफलता हात लाग्न सक्छ।

कुम्भ : साझेदारी व्यवसायमा ठूलो सफलता मिल्नेछ। दाम्पत्य जीवन अत्यन्तै सुखी र आनन्दमय रहनेछ। अविवाहितहरूको प्रेम विवाहको कुरा सकारात्मक रूपमा अगाडि बढ्न सक्छ। मनोरञ्जनात्मक कार्यमा समय रमाइलोसँग बित्नेछ।

मीन : तर्कशक्ति र पराक्रमद्वारा विरोधी तथा शत्रुहरू परास्त हुनेछन्। पुराना रोग तथा स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। पुराना ऋण वा आर्थिक दायित्वहरू चुक्ता गर्ने अनुकूल समय रहेको छ। सहकर्मीहरूको सहयोगले कार्यक्षेत्रमा प्रगति हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

spot_img

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?