सुपा देउरालीको श्रावन महिनाको आय-व्यय सार्वजनिक : तिज कार्यक्रम स्थगित

समाचार सारांश
Auto Generated by AI
  • सुपा देउराली मन्दिर व्यवस्थापन समितिले श्रावण महिनाको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ।
  • समितिले भोटेकोसी बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  • देशमा परेको विपत्तिको अवस्थालाई मध्यनजर गर्दै समितिले यस वर्ष तीजका औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ।

नेपाल प्रेस खबर अर्घाखाँची:

अर्घाखाँचीको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सुपा देउराली मन्दिर व्यवस्थापन समितिले श्रावण महिनामा मन्दिरमा संकलन भएको आम्दानी तथा भएको खर्चको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ।
मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष दुमन (थम्मन ब.) थापाले श्रावण महिनाको आय–व्यय विवरण सार्वजनिक गर्नुभएको हो। समितिले मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनबाट प्राप्त आम्दानी तथा विभिन्न शीर्षकमा भएको खर्चलाई पारदर्शी ढंगले सार्वजनिक गर्दै आएको जनाएको छ।
यसैबीच, देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भइरहेको संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सुपा देउराली मन्दिर व्यवस्थापन समितिले मानवीय र सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण निर्णयसमेत गरेको छ।
समितिले विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भर्खरै आएको भोटेकोसी बाढी पिडितको लागी रु. ५ लाख ५५ हजार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको मन्दिरले आफ्नो नियमित धार्मिक गतिविधिसँगै विपद्को समयमा सामाजिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकतालाई समेत आत्मसात् गरेको समितिको निर्णयले देखाएको छ। विपत्तिमा परेका नागरिकलाई राज्यको राहत तथा उद्धार अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरिएको समितिले जनाएको छ।
त्यस्तै, देशमा राष्ट्रिय शोक तथा विपत्तिको अवस्था कायम रहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै समितिले कृष्ण जन्माष्टमीका अवसरमा आयोजना गर्ने भनिएको तीज कार्यक्रमसमेत नगर्ने निर्णय गरेको छ।
सामान्य अवस्थामा धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने गरिए पनि मुलुक नै विपद्को पीडामा रहेका बेला उत्सव तथा मनोरञ्जनका कार्यक्रम स्थगित गर्नु उपयुक्त हुने निष्कर्षसहित तीज कार्यक्रम नगर्ने निर्णय गरिएको हो।

सुपा देउराली मन्दिर व्यवस्थापन समितिका पछिल्ला निर्णयले धार्मिक स्थल केवल पूजाआजा र धार्मिक गतिविधिको केन्द्र मात्र नभई विपद् तथा संकटको समयमा समाज र नागरिकप्रतिको उत्तरदायित्व बहन गर्ने साझा थलोका रूपमा पनि आफ्नो भूमिका प्रस्तुत गर्न खोजेको देखिन्छ।
मन्दिर समितिले सार्वजनिक गरेको श्रावण महिनाको आय–व्यय विवरण र विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णयलाई पारदर्शिता, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनासँग जोडेर हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रकाश आचार्य
लेखकको बारेमा

प्रकाश आचार्य

आचार्य नेपाल प्रेस खबरका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

फेसबुकमा हामी

ताजा खबर

छुटाउनुभयो कि ?