तिनपाने खानिको सर्वदलीय वैठक सम्पन्न भएको छ।
अर्घाखाँची : अर्घाखाँची जिल्ला सम्मन्यव समितिका अध्यक्ष जिबनारायण कोइरालाको अध्यक्षतामा छ दलिय प्रतिनिधि सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,पत्रकार महासंघका अध्यक्ष,स्वतन्त्र पत्रकारका अध्यक्ष,त्यसैगरि अन्नपूर्ण पोस्टका अर्घाखाँची जिल्ला संवाददाता प्रेमनारायण आचार्य ,संघर्ष समितिका अध्यक्ष,सचिवको उपस्थिति रहेको थियो।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले उद्योग चल्नुपर्छ। तर उद्योग संचालकले हिजो गरेका सम्झौता कार्यनयन गरेर मात्र गर्नु पर्ने र दैनिक आठ सय मेट्रिक टन भन्दा बढि बोकेमा नगरले नै खानि बन्द गर्ने जानकारी दिएका छन्
उपस्थितमा नेपाली काङ्ग्रेसका पार्टी सचिव कृष्ण खनालले तिनपाने लेखको चुनढुङ्गा खानिले त्यहाको बाताबरणमा पारेको असर,त्यहाको वस्तिमा परेको असर र जनसमुदायमा परेको प्रभाबको कारणले आफू र आफ्नो पार्टी खानि बन्द गर्नका लागि आफू र आफ्नो पार्टीले जुनसुकै किम्मत चुकाउन तयार भएको र उक्त खानि बन्द गर्न युद्ध गर्न पनि तयार रहेको र सिङ्गो नेपाली काङ्ग्रेस खानि बन्द गर्ने पक्षमा रहेको जानकारी दिनुभएको छ।
त्यसै गरि ने.क.पा (एमाले) का जिल्ला उपाध्यक्ष सम्भु पोख्रेलले आफू बिज्ञानको विद्यार्थी भएको र धेरै गहिरो अध्यान पनि गरेको हुदा चुनढुङ्गा उत्खननले मानवीय क्षति मात्र नभइ प्रकृतिमा रहेका वन्यजन्तु,पशुपन्छि लगाएत सिङ्गो बाताबरण लाई नै असर पार्ने बताएका छन्
त्यस्तै ने.क.पा (माओवादी)केन्द्रका संयोजक तथा सन्धिखर्क नगरपालिकाका पुर्व नगर उप प्रमुख ठाकुर कुमार बि.क ले सन्धिखर्क नगरपालिकाले बिगतका कार्यकालमा पनि जनता समस्या हल गर्छौ। खानि बिभागको नियम पालना गर्छौ भनी पटक पटक यसै गरि बसाइ भएको र खानि संचालक बानियाँ निर्माण सेबाले सर्वदलीय बैठक र अर्घाखाँची सरकारवाला निकाय लाई झुक्काउने बिगत देखिको खेल भएको हुनाले र चुनढुङ्गाले दिने राजस्व भन्दा पर्यटन बिकासले दोव्बर राजस्व संकलन सक्ने र प्राकृतिक भावि पुस्ताका लागि पनि बचाइदिनु पर्ने हाम्रो दायित्व रहेको बताउनु भएको छन। तानाशाही प्रबृति बाट खोलिएको खानि ले समाजमा बिद्रोह ल्याउने चेतवानि समेत दिनु भयो।
त्यसै गरि राष्ट्रिय जनमोर्चाका जिल्ला इन्चार्ज सेर बहादुर बिसिले बिगतका दिनमा राष्ट्रिय जनमोर्चा खानिको लागि ठूलो विद्रोह गरि खानि बन्द गर्न सफल भएको र बिगतका दिन देखि चल्नै हुन्न भनेर बोल्ने आफ्नो पार्टी रहेको दाबि गरेका छन्। त्यसैगरि विद्रोहको आबाज सानो भएता पनि भोलि यसले रणभुमि निम्त्याउने छ त्यसैको सत्ता र शक्तिको आडमा खानि खोले भोलि जिल्लाले ठूलो चुनौती सामना गर्ने पनि उनले बताएका छन्।
त्यसै गरि एकीकृत समाजबादि जिल्ला अर्घाखाँचीका अध्यक्ष रामबहादुर चौहानले खालि संचालन गर्दा आफू ने.क.पा (एमालेको)पार्टी सचिव रहेको र उतिबेला देखि एउटा पर्यटनको सम्भावना बोकेको पहाड लाई चिराहरा पारेको वाइट सिमेन्ट लानु र राज्यले बार्षिक करोडौं रुपैयाँ लगानि गरेको सन्धिखर्क गरुसिङ्गे सडक खण्डलाइ धुजाधुजा बनाउने कसैको अधिकार नभएको र खानि संचालन देखिको सम्झौता पालना नगरेकोले कुनैपनि हालतमा चुनढु्गा उत्खनन लाई बन्द गरि लुम्बिनीमा आएका पर्यटन लाई सुपा देउराली ल्याउने योजना भएको कारणले चुनढुङ्गा बन्द गर्नुपर्ने बताएका छन् र अहिले सत्तामा रहेका पार्टीले मनपरि र दादागिरी शैलिमा खानि संचालन गर्न खोजेमा आफू जुनसुकै युद्ध गर्ने पनि नेता चौहानले बताएका छन्
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक अर्घाखाँची जिल्लामा चुनढुङ्गा र टिप्पर आतंकको कारणले अर्घाखाँची बुटबल यात्रा गर्ने यात्रु पनि मुठ्ठीमा प्राण लिएर हिड्नु पर्ने बाध्यता रहेको कारणले चुनढु्गा बन्द गर्नुपर्ने र आफ्नो जिल्ला अस्तित्व सकिने गरि चुनढुङ्गा उत्खनन गर्न नदिने भुषालले बताएका छन्।
त्यसैगरि राप्रपाका जिल्ला अध्यक्ष दिपक कुबरले अर्घाखाँची सुपादेउरालिको अस्तित्व हराउने गरि भएको दोहोनको कारणले पर्यटन प्रबधनमा घाटा पर्ने र जिल्लाका जनताको चाहाना विपरीत कुनै व्यक्ति गत स्वार्थका लागि दोहोन भएको बताएका छन्।त्यसैगरि आफ्नो पार्टी चुरे दोहोन र प्राकृति दोहोनका विरुद्ध निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्
संघर्ष समितिका अध्यक्ष प्रितम थापाले हिजो खानि संचालन गर्दा आफू नेतृत्वमा रहेको र जिल्लाका जनता र त्यहाका स्थानीय तहलाइ राम्रो हुन्छ र केही हुन्छ र खानि बिभागले आफुले बाचा गरेको पुरा गर्छ र जनतालाइ लाभ हुन्छ भन्नुको साटो उल्टो जनतालाई सास्ती दिएको र हिजोको गल्तिलाइ महसुस गरि , र यहा खाने पानी र सुपादेउरालि का भक्तजन र कम्पनिले जनतालाई बेवास्ता गर्दै गरेको IEE जस्ता कारण ले खानि बन्दका लागि संघर्ष समिति बनाइ संघर्ष गरिरहेको जनाएका छन।
सन्धिखर्क नगरपालिका ७ का अध्यक्ष चुरा बहादुर के.सिले अहिले सम्म संघर्ष समिति भनेर अहिले सम्म कुनै पनि टिम वाड कार्यलयमा नआएको र त्यहाका स्थानियले कुनै गुनासो नगरेको जनाएका छन्