अषोज ७, २०८० आइतबार
काठमाण्डाै – चिनीको भाउ अस्वाभाविक रुपमा बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अध्ययन शुरु गरेको छ ।
चिनीको भाउ बढ्नुको कारणबारे अध्ययन गर्न टोली गठन गरेको र टोलीले केही दिनमै प्रतिवेदन तयार पार्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन शाखाका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।
टोलीको प्रतिवेदनका आधारमा कारबाही तथा हस्तक्षेप गर्ने उहाँले बताउनुभयो । अहिले बजारमा अनुगमन गर्दा पनि व्यापारीहरुले बिक्री अनुपातको खरिद बिल देखाउन नसकेका कारण मूल्यमा कालोबजारी नै देखिएको उहाँले बतानुभयो ।
हरेक चाडपर्वमा विभिन्न बहानामा चिनीको भाउ बढ्ने गरेकोमा यो वर्ष व्यापारीहरुले अभावलाई कारण देखाएका छन् । होलसेल बजारमै भाउ बढेकाले खुद्रा व्यापारीहरुले बढाएका छन् । तर होलसेल बजारमा भाउ बढ्नुपर्ने कारण नरहेको र अध्ययन भइरहेको विभागले जनाएको छ । भाउ धेरै बढेपछि कतिपय खुद्रा व्यापारीले चिनी बेच्नै छाडेका छन् ।
नेपाल खुद्रा व्यापार सङ्घले भने खाद्य तथा किराना वस्तुको मूल्य सूचीबाट चिनीको सूची नै हटाएको छ । आफूसँग स्टक नरहेका भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको बिक्री स्थगित गरेको छ । एक महिना अघिसम्म किलोको एक सय रुपैयाँसम्ममा पाइने चिनीको भाउ अहिले ३० प्रतिशतसम्म बढेको छ
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment