असार ८, २०८२ आइतबार
ललितपुर, असार ८– ललितपुरको ग्वार्को क्षेत्रमा निर्माण भएको बहुप्रतीक्षित ओभरपास शुक्रबारदेखि सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको उपस्थितिमा ओभरपासको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएको छ भने ड्रोन भ्यूबाट दृश्य एकदम आकर्षक देखिएको छ।
यो ओभरपास इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (EPC) मोडलमा निर्माण गरिएको हो। आशिष-समानान्तर-रेलिगेर जेभी निर्माण कम्पनीले कुल १७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा ठेक्का पाएको थियो। निर्माण कार्य २०७८ फागुनमा सुरु गरिएको थियो र दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। तर, विभिन्न कारणले काम समयमा नसकिँदा पटक–पटक म्याद थप्नुपर्यो।
ओभरपास २०८० फागुन १२ मा सम्पन्न गरिसक्नु पर्ने सम्झौता भए पनि निर्माण ढिलाइ हुँदा म्याद २०८१ असारसम्म बढाइएको थियो। त्यसबेलासमेत काम नसकिएपछि अन्तिमपटक २०८१ पुस ९ सम्मको समय थपिएको थियो। अन्ततः २०८१ पुस १० देखि निर्माण कम्पनीलाई दैनिक जरिवाना तिराएर काम गराइएको थियो। जरिवाना तिरेरै भए पनि कम्पनीले अन्ततः निर्माण कार्य सम्पन्न गरेको हो।
अबको दिनमा यो ओभरपासले ललितपुरको ट्राफिक जाम कम गर्न, यात्रा समय छोट्याउन र दुर्घटनाको सम्भावना घटाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। उद्घाटनको दिन ड्रोनबाट लिइएको दृश्यले ओभरपासको आकर्षक बनावट र योजनाबद्ध निर्माण कार्य झल्काएको छ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment