img

‘प्रदेशसभा खारेज गर्न सरकारलाई अनुरोध गर्ने प्रस्ताव’ धुलिखेल नगरसभाबाट सर्वसम्मतिले पारित

काठमाडौं । प्रदेशसभा खारेज गर्न सरकारलाई अनुरोध गर्ने प्रस्ताव धुलिखेल नगरपालिकाको १७ औँ अधिवेशनले सर्वसम्मतिबाट पारित गरेको छ ।

वडा नम्बर २ का अध्यक्ष तथा नगरसभा सदस्य अर्जुन न्यौपानेले गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र विनियोजित आर्थिक ऐनहरूमा गम्भीर प्रश्न खडा भएको भन्दै उनले सो प्रस्ताव पेश गरेका थिए ।

प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय र सहकार्य नगरेको, बजेट नीति सरकारको हैसियतमा संविधान बमोजिम विनियोजन नगरेको आरोप छ ।

यस्तै, स्थानीय सरकारलाई उपेक्षा गरेको, स्थानीय सरकारको अधिकार र जिम्मेवारी लाई कुण्ठित गरेको र व्यक्तिवादी कार्य गरेको आरोप पनि उनको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post