img

इरानमा ४६ वर्षे गणतन्त्र भत्काएर इजरायली साथमा राजा बन्न तम्सिएका पूर्वराजकुमार रेजा

गत हप्ताको शुक्रवार इरानमा इजरायलले हमला गर्‍यो । इरानका आणविक र सैन्य नेतृत्वका केहि प्रमुख अनुहारहरूलाई हत्या गर्‍यो । अहिले इरानले इजरायली भूमिमा र इजरायलले इरानी भूमिमा हवाई हमला जारी राखेका छन् ।

आफ्नो देशमा विदेशीहरूको हमला हुँदै गर्दा सन १९७९ मा हटाइएका राजाका जेठा छोरा तथा पूर्वयुवराज रेज पल्लबी भने अहिले इजरायली समर्थनमा छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेजस्तै उनले सत्ता परिवर्तनको कुरा गरिरहेका छन् ।

उनले इरानीहरूलाई एक भिडिओ सम्बोधन गरेर यस्तो धारणा दिँदै आएका छन् । हालसालै एक भिडिओ सन्देशमा उनले भनेका छन्, ‘इस्लामिक गणतन्त्रको अन्त्य हुने बेला आएको छ । अब इरान फिर्ता लिनुपर्छ ।’ यिनले इरानका सर्वोच्च इस्लामिक नेता अली हुसेनी खामिनीलाई पनि कटाक्ष गर्दै भनेका छन्, ‘डरपोक खामिनी अहिले मुसा जस्तो दुला पसेका छन् ।’

इस्लामिक सत्ता ढाल्न जनताकै आवाज महत्त्वपूर्ण भएको भन्दै पूर्वयुवराजले भिडिओमा भनेका छन्, ‘देशभर जनप्रदर्शन गरेर मात्रै यो काल कोठरी सत्तालाई ढाल्न सकिन्छ ।’

इस्लामिक गणतन्त्र पक्षधर र इरानसँग सफ्ट कर्नर राख्नेहरूले भने पूर्वयुवराज रेजाको आलोचना गरेका छन् । उनलाई इजरायली जासुस र पपेड भन्नेहरु धेरै छन् । उनी लोकतन्त्रको पक्षधर भन्दै चित्रित गर्नेहरूको पनि एक ताँती छ । तर रोचक कुरा यो छ कि रेजाका अपदस्त पिता महोमद रेजा पल्लबीलाई पनि तानशाह भएको आलोचना इतिहासमा गरिन्छ ।

किन रेजा र इजरायली लाइन मिल्दैछ ?

सन १९७९ जनवरी १५ मा इस्लामिक गणतन्त्र स्थापनाको दौरानमा इरानका अन्तिम राजा देश छोडेर भागे । सन १९४१ बाट सत्तामा आएका राजालाई क्यान्सर पनि थियो । उनी देशबाट भागेर इजिप्ट, मोरक्को, बहामस र मेक्सिको जस्ता देशहरूमा डुले ।

राजतन्त्र अन्त्यको अर्को वर्षमा उनी इजिप्टमा निधन भयो । अहिले उनका दुई अरू छोराहरूको पनि निधन भइसकेको छ । सन २०११ मा अमेरिकामा कान्छा छोरा अलिरेजा पल्लबीले डिप्रेसनमा पुगेर आफैँलाई गोली हानेर हत्या गरे । जेठा छोरा तथा पूर्वयुवराज रेज भने अझैँ जीवित छन् ।

उनी इरानी डायस्पोराका मिडियाहरूमा इरानी सत्ता विरोधी आवाज बोकेर आइरहेका हुन्छन् । इरानले दुस्मन मान्ने इजरायलसँग उनको राम्रो सम्बन्ध छ । दुई वर्ष अगाडि उनले इजरायलको भ्रमण पनि परेका थिए ।

उसो त इरानी राजतन्त्र र इजरायलको सम्बन्ध डे वानबाटै राम्रो थियो । इजरायलको देशको रूपमा जन्म भएको सन १९४८ मा हो । दक्षिण एसियाबाट पहिलो देशको मान्यता दिने नेपाल थियो । तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले यो निर्णय लिएका थिए ।

मुस्लिम बाहुल्य देशहरूमा इरान इजरायललाई मान्यता दिने दोस्रो मुलुक हो । पहिलो मुलुक टर्की हो । इरानले अरब देशहरूको टोकसोलाई व्यवस्थापन गर्न इजरायलसँग व्यापारदेखि जासुसी संयन्त्रसम्मको सहकार्य गरेको थियो ।

इजरायल स्थापनाताकाको ४० प्रतिशत तेल इरानबाट आउँथ्यो भने सट्टामा इरानले हतियार, प्रविधि र कृषि सामाग्री लिन्थ्यो । तर राजतन्त्र अन्त्य भएपछि भने ठीक उल्टो भयो ।

पहिलो इजरायलसँग हमला गर्ने देशहरू इजरायलका मित्र भए । इरान दुस्मन भयो । त्यही उलटफेरको एक किस्ता हो अहिले इजरायलले इरानमा सत्ता परिवर्तन गर्न खोज्नु र इरानी पूर्वयुवराजले सकड तताउन इरानीहरूलाई उक्साउनु ।

सैन्य, कूटनीतिक तथा इस्लामिक आन्दोलनका जानकारहरूले इरानलाई इजरायल, अमेरिका र सबै नेटो देशहरू लाग्दा पनि शतप्रतिशत घुँडा टेकाउन नसक्ने र टेकाउनै पर्दा आर्थिक तथा सैन्य क्षतिको आयतन धेरै हुने भन्दै इराक वा अफगानिस्तान अथवा लिवियामा जस्तो हमला नगरिएको बताउँछन् ।

यमनका हुथी, अफगानिस्तानका तालेवानलाई पनि परास्त गर्न नसकेको भन्दै अमेरिकाले इरानलाई सत्ता पल्टाएर धेरै टिकाउन नसक्ने धेरैको टिप्पणी छ । तर जनस्तरबाट आन्दोलन उठाएर आन्दोलनको बलमा सरकार ढाल्ने र आफ्नो लाइनको सत्ता बनाउनमै अहिले इजरायल र अमेरिका लागिपरेको बताइन्छ ।

इरानमा पछिल्ला समयमा सरकार विरोधी आन्दोलनको प्रचार र सहयोगमा अमेरिका र इजरायली नेतृत्वले गरेको पहल त्यसैको एक उदाहरण हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post