img

भोलीदेखि देशभर अनिश्चितकालीन यातायात बन्द।

भोलीदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा
जेठ १८,
यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा भोलीदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो ।


आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरेको उहाँको भनाइ छ ।
यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दापनि सुनुवाइ नभएपछि भोलिदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको उहाँको भनाइ छ । सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले आन्दोलनलाइ आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाईदिन सबै निकायमा हार्दिक अपिल समेत गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post