जेठ ६, २०८२ सोमबार
गौर, रौतहट – जिल्ला प्रशासन कार्यालय गौर, रौतहटले आजदेखि नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा विद्युतीय टोकन प्रणाली लागू गरेको छ।
सेवाग्राहीको भीड व्यवस्थापन गर्दै छरितो र पारदर्शी सेवा प्रवाह गर्ने उद्देश्यले टोकन प्रणाली सुरु गरिएको हो। प्रमुख जिल्ला अधिकारी (सिडिओ) विनोद खड्काले सेवा लिने तरिका स्वयं सेवा ग्राहीहरुलाई सिकाउँदै टोकन प्रणालीको औपचारिक शुभारम्भ गर्नुभएको छ।
“यस प्रणालीले सेवाग्राहीलाई लाइनमा लामो समय कुर्नु नपर्ने र कार्यकक्षमा अनुशासन कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छु,” प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो।
नयाँ प्रणाली अनुसार सेवाग्राहीले कार्यालय प्रवेश गरेपछि विद्युतीय मेसिनबाट आफ्नो सेवा अनुसारको टोकन लिनुपर्नेछ, जसअनुसार पालैपालो बोलाई सेवा प्रदान गरिनेछ।जिल्ला प्रशासन कार्यालयको यो प्रविधि मैत्री कदमले सरकारी सेवा प्रणालीलाई डिजिटल युगमा लैजान महत्वपूर्ण योगदान पुर्याउने स्थानीयले बताएका छन्।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment