बैसाख २०, २०८२ शनिबार
माधव पौडेल, वैशाख २०
अर्घाखाँची – पाणिनी गाउँपालिका वडा नं १ पणेना वडा कार्यालयको आयोजनामा वडाभित्रका ६८ देखि ७५ वर्ष उमेरसम्मका जेष्ठ नागरिकहरूलाई पवित्र धार्मिक स्थल बाग्लुङ कालिका, मुस्ताङको मुक्तिनाथ र म्याग्दीको तातोपानी लगिएको छ। वडाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो तिर्थयात्रा को आयोजना गरिएको हो। जुन तिर्थयात्रा मा वडाभित्रका ६८ देखि ७५ बर्ष ऊमेर समुहका ५३ जना जेष्ठ नागरिक साथै
वडाका पुर्ब जनप्रतिनिधि ,कर्मचारी, स्वास्थ्यकर्मि , पत्रकार गरि जम्मा ७० जना व्यक्तिहरूको सहभागितामा रहेको थियो।
आफ्ना घरका सन्तानले गर्ने यो पुण्य कार्य वडा कार्यालयले गरेको भन्दै जेष्ठ नागरिकहरूले वडा अध्यक्षलाई धन्यवाद समेत व्यक्त गरेका छन्।
वडाभित्रका जेष्ठ नागरिकहरूलाई तीर्थ यात्रा धार्मिक ठाउँमा लैजान पाउँदा धेरै हर्षित भएको साथै जेष्ठ नागरिकहरूले आफूलाई दिएको आशीर्वाद नै आफ्नो लागि बहुमूल्य रहने वडा अध्यक्ष कमलप्रसाद पोखरेल ले बताउनुभयो । यो तीर्थयात्रा वैशाख १९, २० र २१ गते गरी तीन दिन चल्नेछ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment