~~🇳🇵🌻🌷🌄☀️🌺🌹🌺🕉️🔱🙏🌞~~ नेपाल प्रेस खबर बुद्धभुमी,रुपन्देही
आज नेपालमा सूर्योदय, बिहान ०५:२४ बजे र सूर्यास्त, साँझ ०६:२६ बजे हुनेछ भने चन्द्रास्त, साँझ ०५:४६ बजे र चन्द्रोदय, अमावस्या भएकाले रातभरि चन्द्रोदय हुँदैन।
मेष~(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ। जागिरमा पनि सावधान रहनु होला। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। प्रतीक्षित नतिजाले साँझदेखि उत्साह बढाउनेछ।
वृष~(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
मिथुन~(का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम शुरु हुन सक्छ। अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। रचनात्मक कार्यले फाइदा दिलाउनेछ।
कर्कट~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। स्वास्थ्यको कमजोरीले पढाइमा बाधा पुग्न सक्छ। अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ।
सिंह~(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
कन्या~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
परिस्थिति अलि प्रतिकूल रहनेछ भने सोचेको लाभ नउठ्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ।
तुला~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ।
वृश्चिक ~(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। सोखले खर्च बढाउने तथा वैधानिक प्रावधानले अधिकार खुम्च्याउने सम्भावना छ।
धनु~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पढाइलेखाइमा समय दिन नसकिएला। सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ।
मकर~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट हुनेछ। विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। पठन-पाठनमा प्रगति हुनेछ। विशेष सभा-समारोहमा सहभागी बन्ने मौका छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। पढाइलेखाइमा प्रगति हुनेछ।
कुम्भ~(गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। काम बिग्रनाले मन खिन्न हुनेछ। रचनात्मक काम शुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पारिवारिक आत्मीयता बढ्नेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। साँझतिर महत्त्वाकांक्षी योजना फलीभूत हुन सक्छन्।
मीन~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पति-पत्नीबीच घरसल्लाह नमिल्न सक्छ। काम बिग्रने डरले सताए पनि मिहिनेत गर्दा फाइदै हुनेछ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२
Leave A Comment