img

सहकारीको लापरबाहीका कारण सयौं किसानलाई सास्ती ।

अर्घाखाँची जिल्लाको मालारानी गाउपालिकामा संचालनरत रहेको फुलबारी साना किसान कृषि सहकारी संस्थाको कारण सयौं किसानलाई मकैको बीउ छर्ने बेलामा बिउको अभाब झेल्नु परेको छ ।

बीउको डिमान्ड संकलन गरेर बीउ ल्याईदिने जिम्मा ल्याएका सन्चालकहरु अहिले गैरजिम्मेवार जवाफ दिदा मालारानी ६,७,८ र ९ का किसानलाई मकैको बिउको अभाब भएको छ। बीउको अभाव हुँदा व्यापारीहरुले कृतिम अभाव देखाउदै बजारमा बिउको मुल्य बढाएका छ्न ।

यस भन्दा अघिल्लो साल पनि मगाएको बीउ गुणस्तरहिन रहेको राम्रो उत्पादन नभएको किसानहरुको व्यापक गुनासो रहेको छ। अहिले पनि गाडी भन्सारमा छोपियो र बीउ ल्याउन सकिएन हामिले कसैको ठेक्का लिएका छैनौ भनेर त्यहाँ काम गर्ने एक जना कर्मचारीले गैर-जिम्मेवार जवाफ दिएको त्यस समुहकी एक जना सदस्य बताउनु हुन्छ । भन्सारमा छोपिदा सहकारीबाटै ठगिएको हुन सक्ने किसानहरुको गुनासो रहेको छ।

अघिल्लो वर्ष पनि बजारमा मकैको बिउ किन्दा र सहकारीबाट ल्याउदा मुल्यमा कुनै अन्तर रहेको देखिदैन। सहकारिको नाममा ठगी भएको हुन सक्ने भएको हुँदा किसानहरु चिन्तित रहेका छ्न।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post