पुष १२, २०८१ शुक्रबार
कञ्चनपुर, लालझाडी गाउँपालिका-४ स्थित दोदा नदीको बगरमा एक दुर्लभ खैरो गिद्ध देखिएको छ। यो गिद्धलाई सूर्यको न्यानो ताप लिँदै बगरमा आराम गरिरहेको अवस्थामा स्थानीयहरूले देखेका हुन्।
खैरो गिद्ध (Himalayan Griffon) हिउँदयाममा पहाडी क्षेत्रमा चिसो बढेसँगै न्यानो खोज्दै तराईतर्फ आउने गर्छ। यो गिद्ध नेपालको जैविक विविधताको महत्वपूर्ण पक्षका रूपमा चिनिन्छ र संरक्षित प्रजातिहरूको सूचीमा पर्दछ।
स्थानीयहरूले खैरो गिद्धको आगमनलाई प्राकृतिक सौन्दर्य र जैविक विविधताको सूचकका रूपमा लिएका छन्। लालझाडी क्षेत्र जैविक विविधताको लागि प्रख्यात मानिन्छ र यहाँ यसअघि पनि यस्ता दुर्लभ पक्षीहरू देखिने गरेका छन्।
यो गिद्धलाई देखेपछि स्थानीयले त्यसलाई असर नगरी फोटो खिचेका थिए। “दुर्लभ प्रजातिका पक्षीहरूलाई असर नपर्ने गरी संरक्षणमा ध्यान दिनु आवश्यक छ,” वन्यजन्तु विज्ञहरू बताउँछन्।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment