मंग्सिर २६, २०८१ बुधबार
देउखुरी, मंसिर २६ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बागमती प्रदेशबाट आएका पर्यटकहरूलाई लुम्बिनीमा स्वागत गर्दै धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा सहभागी हुन सबैलाई आह्वान गरेका छन्।
बागमती प्रदेशको लिखु तामाकोशी गाउँपालिका–६ रामेछाबाट लुम्बिनीका धार्मिक स्थलहरूको भ्रमणमा आएका १४० जना ज्येष्ठ नागरिकलाई प्रदेश राजधानी प्रशासनिक परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले स्वागत गरेका हुन्।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई धार्मिक तिर्थाटनका लागि उपयुक्त स्थानको रूपमा प्रवर्द्धन गर्दै “लुम्बिनी पर्यटन सर्किट” अवधारणालाई प्राथमिकता दिएको जानकारी दिए। गौतमबुद्धको जन्मस्थल लुम्बिनी र स्वर्गद्वारीजस्ता ऐतिहासिक र पुरातात्त्विक स्थलहरूको महत्व उल्लेख गर्दै उनले यी क्षेत्रहरू आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको बताए।
उनले थपे, “लुम्बिनी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको भ्रमणले सांस्कृतिक र धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै पर्यटकको आवागमन बढाउन मद्दत गर्नेछ।”
राप्ती उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जगतप्रसाद पोख्रेलले लुम्बिनी पर्यटन सर्किटलाई प्रभावकारी बनाउन पर्यटनमैत्री पूर्वाधार निर्माणको आवश्यकता औंल्याए। उनले भने, “सर्किटले सबै पर्यटकीय स्थलहरूलाई जोड्न सक्यो भने यसले पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि गर्नेछ।”
लिखु तामाकोशी गाउँपालिकाका वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले वडा भित्रका ज्येष्ठ नागरिकलाई प्रत्येक वर्ष यसरी धार्मिक स्थलहरूको भ्रमणमा सहभागी गराउने कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशलाई पर्यटकीय हवको रूपमा विकास गर्न विभिन्न योजनाहरू अघि सारिएको जानकारी दिए। यसले न केवल पर्यटन व्यवसायलाई टेवा दिनेछ, तर प्रदेशको समग्र आर्थिक विकासलाई पनि गति दिने विश्वास व्यक्त गरे।
लुम्बिनी प्रदेशको धार्मिक र सांस्कृतिक महत्वलाई अझ व्यापक बनाउन प्रदेश सरकारले आगामी दिनमा नयाँ योजनाहरू कार्यान्वयन गर्ने योजना बनाएको छ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment