रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

नेपाल प्रेस खबर,
१४ मङ्सिर २०८१

काठमाडौं- काठमाडौंबाट रामेछापको बेताली गइरहेको फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

रामेछापाको गोकुलगंगा गाउँपालिका वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना भएको हो। १४ जनाको सीट क्षमता भएको सो गाडीमा ८ जना सवार रहेको र ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रहरीका अनुसार अनुसार गाडी ३ सय मिटर तल खसेको छ। मृत्यु हुनेमा २ पुरुष, २ जना महिला र एक बच्चा रहेका छन्।

घटनाको थप विवरण आउन बाँकी छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *