मंग्सिर १२, २०८१ बुधबार
अर्जुन थापा अर्घाखाँची – नेपाली संगीत बजारमा एक नयाँ चर्चा संगै जमुना सनमको चर्चित पञ्चेबाजा गित “सुपादेउराली” को म्युजिक भिडिओ हालै सार्वजनिक भएको छ। यस गितमा जमुनाले आफ्नो इच्छा व्यक्त गर्दै, “हातै जोडि वर मागेकि छु, एउटा सुन्दर घर मागेकी छु, फुलको झुपा चडाउछु, मनको इच्छा पुराइदेउ सुपादेउराली” जस्ता शब्दमार्फत आफ्नो भावनालाई प्रस्तुत गरेकी छिन्।
गितमा जमुना सनम र राजु सुनामको आवाज सुन्न सकिन्छ, भने उक्त म्युजिक भिडिओ जमुना सनमको यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गितको शब्द र संगीत जाजरकोटका राजु सुनामले रचेका छन् भने म्युजिक एरेन्जरको काम पनि उनले आफै गरेका हुन्।
मङ्सिर महिना विशेष गरी विवाहको महिना मानिन्छ, र यस समयमा मन्दिरमा गएर वर माग्ने परम्परा प्रचलित छ। “सुपादेउराली” गितको शब्दहरूले यही परम्परालाई देखाएको छ । यस गितको म्युजिक भिडिओलाई स्मृति तिमिल्सिना (गुरुआमा) ले निर्देशन गरेकी छ्न । र भिडिओमा मुकेश नेपाली र अस्मिता रन्पाल फिचर्ड छन्। बेहुला सन्दिप भट्टराई र बेहुली सपना गुरुङलाई पनि उक्त भिडियोमा देख्न सकिन्छ।
सुपादेउराली मन्दिर, अर्घाखाँचीको प्रसिद्ध धार्मिक स्थल हो, जहाँ धेरै मानिसहरू आफ्नो इच्छा पुरा गर्नका लागि पूजा अर्चना गर्न जान्छन्। यत्रा गर्ने श्रद्धालुहरूका लागि सुपादेउराली मन्दिर एक आस्था र विश्वासको प्रतीक नै बनेको छ।
जमुना सनम, उनको जन्म अर्घाखाँची मालारानी ४ खनमा भएको हो, नेपाली संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय छिन्। र पछिल्लो समय सामाजिक काम र राजनीतिमा पनि सक्रिय हुने प्रयास गरि रहेकी छिन। यस गितमा सुपादेउराली मन्दिरको महत्त्वलाई समेट्दै उनले १६/१७ वर्षको आफ्नो संगीत यात्रा पूरा गरेको बताइन्।
यस गित र भिडिओ मार्फत उनले आफ्नै जिल्लामा रहेको यस पवित्र स्थललाई उजागर गरेकोमा गर्व महसूस गर्दै, यसलाई आफ्ना लागि एक महत्वपूर्ण सपना साकार भएको नेपाल प्रेस खबर संवाददाता अर्जुन थापा लाई बताएकी हुन।
यो गित र भिडिओ विशेष गरी अर्घाखाँचीका लागि मात्र नभएर सम्पूर्ण नेपाली संगीत प्रेमीहरूका लागि एक नयाँ अनुभव समेत रहेको देखन सकिन्छ ।
पूरा भिडियो सहित
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment