मंग्सिर १२, २०८१ बुधबार
नेपाल प्रेस खबर काठमाडौ – देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराई भू-भागका धेरै स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/तुवाँलो लागेको छ ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment