कर्णाली याक्सले भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टिममा अनुबन्ध गरेको छ

काठमाण्डौ – चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवन अब कर्णाली याक्सको टिमबाट खेल्ने भएका छन्। आज बिहान कर्णाली याक्सले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत धवनलाई टिममा आबद्ध गरिएको जानकारी गराएको छ। यससँगै धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णालीबाट आफ्नो खेल कौसल देखाउने भएका छन्। उनी भारतिय टिम बाट पनि खेलिसकेका खेलाडि हुन् ।याे ठुलाे कदमले नयाँ खेलाडी का लागि उनी बाट सिक्ने मौका हुने छ ।

कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् ।

उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् ।६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् ।

ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

कर्णाली याक्सको टिम मालिक हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनाल र धवनबीचको यो सम्झौताले नेपाल क्रिकेटको अन्तर्राष्ट्रिय स्तरलाई अझ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ। भारतीय टिमका अनुभवी खेलाडी धवनको सहभागिताले नेपाली क्रिकेटप्रेमी दर्शकहरूमा नयाँ उत्साहको सञ्चार भएको छ।

एनपीएलको आगामी सिजनमा धवनको उपस्थिति कर्णाली याक्सको बलियो पक्ष बनेको छ। कर्णाली याक्सले भारतीय खेलाडीलाई टिममा आबद्ध गरेर खेल स्तरलाई थप सशक्त बनाउने योजना अघि सारेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *