कार्तिक २८, २०८१ बुधबार
नयाँ दिल्ली अर्जुन थापा । भारतीय सेनाका प्रमुख जनरल उपेन्द्र द्विवेदी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) प्रमुख अमृतमोहन प्रसाद नेपाल आउने निश्चित भएको छ।
एसएसबी प्रमुख अमृतमोहन प्रसाद ३० कात्तिकमा नेपाल आउनेछन् भने भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल आउन लागेका छन्। नेपाली सेनाले भारतीय सेनाध्यक्षको आगमनलाई ‘गुडविल भिजिट’ (सद्भावनाका लागि भ्रमण) को रुपमा प्रस्तुत गर्दै आज प्रेस विज्ञप्ति जारी गर्ने जनाएको छ।
नेपाल र भारतले एकअर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन अनुसार भारतीय सेनाध्यक्षलाई नेपालमा मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा जनरल द्विवेदीलाई यो सम्मान प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
जनरल उपेन्द्र द्विवेदी १ नोभेम्बर २०२४ देखि भारतीय स्थल सेनाका २९औं प्रमुख बनेका थिए र यसअघि उनले जम्मु–कश्मिर र लद्दाख क्षेत्रको रणनीतिक नेतृत्व भुमिका समेत निभाएका थिए ।
त्यसैगरी, एसएसबी प्रमुख अमृतमोहन प्रसाद भारत र नेपालबीचको नियमित समन्वय बैठकमा भाग लिन मंसिर १ र २ गते काठमाडौं आउनेछन्। नेपाल र भारतको सशस्त्र प्रहरी बल र एसएसबी बीचको यो समन्वय बैठक सानो सहयोगात्मक हुने आकंलन गर्न सकिन्छ ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment