पाल्पाको प्रसिद्ध सत्यवती मन्दिर जहाँ चिच्याएर वर माग्ने परंपरा
पाल्पा अर्जुन थापा = हिन्दू धर्मानुसार हरेक मन्दिरमा गएर भगवान्सँग मनमनै ‘वर’ माग्नु हामी तपाइँलाई नौलो कुरा होइन तर यहाँको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्ने गरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।
प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाको अवसरमा, पाल्पाको प्रसिद्ध सत्यवती मन्दिरमा लाग्ने धार्मिक मेला एक विशेष आकर्षणको केन्द्र बनेको छ। मंगलबारदेखि सुरु हुने यस मेलामा धार्मिक अनुष्ठान, पूजा र भजन-कीर्तनका कार्यक्रमहरूका साथ-साथै एक अनौठो परंपरा पनि छ त्यो हो चिच्याएर ” वर “माग्ने परंपरा, जसमा भक्तजनहरू यहाँका देवतालाई चिच्यार वर माग्न आउँछन्।
स्थानीय धार्मिक आस्थाका अनुसार, सत्यवती मन्दिरमा चिच्यार वर माग्दा मनोकामना पूरा हुने विश्वास गरिन्छ, र यसै कारण प्रत्येक वर्ष हजारौं श्रद्धालुहरू मन्दिरमा दर्शन गर्न र आशीर्वाद प्राप्त गर्न आउने गरेका छ्न ।पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो तर पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको अध्यक्ष गाहा बताउछन् ।
सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले बाँस र पातीको लिङ्गोसँगै लिएर जान्छन् । सोही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गहा बताउनु हुन्छ
चिच्यार वर माग्ने परंपरासँग जडिएको विश्वास र यसका प्रभावले मन्दिर र मेलाको सांस्कृतिक महत्त्वलाई अझ रोचक बनाएको अनुमान गर्न सकिन्छ । आ-आफ्नो मनोकामना पूरा हुने विस्वासले त्यहाँ चिच्यार श्रद्धालुहरुले वर मागदा पकै नौलो र अनौठो रहने अनुमान सहजै गर्न सकिन्छ ।
उक्त स्थानमा हरेक वर्ष नेपाल र भारतका लगभग 300,000 दर्शनार्थी, जसमा प्रायः हिन्दू धर्मावलम्बीहरू मन्दिरमा दर्शन गर्न आउँने गरेका छ्न । मन्दिरसम्म पुग्नको लागि विभिन्न पैदल मार्गहरू छन्, जस मध्ये प्रमुख मार्ग सिद्धार्थ राजमार्गको झुमसा (सिस्ने नदी) पुलबाट शुरू हुने गर्छ। यो स्थान तानसेनदेखि लगभग 30 किमी दक्षिण र बुटवलदेखि लगभग 19 किमी उत्तरमा रहेको छ ।