कार्तिक २५, २०८१ आइतबार
नासाकी चर्चित अन्तरिक्ष यात्री सुनिता ८ दिनको लागि अन्तरिक्ष स्टेशनमा जानुभएको थियो, तर अप्रत्याशित परिस्थितिका कारण अहिले उहाँ त्यहाँ १५४ दिनदेखि अड्किरहनुभएको छ। यो लामो अवधीमा फर्कने प्रयासहरू सफल नहुँदा नासामा समेत चिन्ता बढेको छ।
अन्तरिक्षमा अड्किएकी सुनितालाई फिर्ता ल्याउने नयाँ पहलको घोषणा गर्दै, टेक्नोलोजी कम्पनी स्पेसएक्सका संस्थापक एलन मस्कले यो चुनौतीलाई स्वीकार गरेका छन्। मस्कले आफूले सुनितालाई सुरक्षित रुपमा पृथ्वीमा फिर्ता ल्याउने आश्वासन दिएका छन्। उनले आफ्नो विशेष अन्तरिक्ष अभियानका साथ फर्काउने योजना सार्वजनिक गरेका छन्, जसमा उन्नत अन्तरिक्ष यान र सुरक्षित ल्याण्डिङ प्रोटोकलको प्रयोग गरिनेछ।
यस घटनाले अन्तरिक्ष यात्राको जोखिम र कठिनाइलाई पुनः उजागर गरेको छ। नासाले आफ्ना प्रविधिहरूमा सुधार गर्ने प्रतिवद्धता जनाउँदै सुनिताको सकुशल उद्धारका लागि मस्कको पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment