~~🇳🇵🌻🌷🌄☀️🌺🌹🌺🕉️🔱🙏🌞~~ नेपाल प्रेस खबर बुद्धभुमी,रुपन्देही;
आज नेपालमा सूर्योदय, बिहान ०६:२० बजे र सूर्यास्त, साँझ १७:१४ बजे हुनेछ ।
मेष~(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोजगारीको अवसर मिल्नेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।
वृष~(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ मिल्नेछ।
मिथुन~(का, कि, कु, घ, ङ, छ, के, को, ह)
लाभहानि, सुखदुःख बराबरी रहनेछ। मन खिन्न हुने स्थिति आउन सक्छ। बोलीको विपरीत अर्थ लाग्नेछ, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला।
कर्कट~(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग छ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ।
सिंह~(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
घरमा शुभकार्यको चर्चा चल्नेछ। रोकिएका अधुरा काम पूरा हुनेछन्। ठीक समयमा सही निर्णय लिन सकिनेछ। मित्रबाट विशेष सहयोग होला। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
कन्या~(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कुनै समाचारले मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनोरञ्जनमा सहभागी भइएला। तर, स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।
तुला~(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। सरकारी निकायको भय रहला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। अभिभावकको आशीर्वादले काम गर्न सक्छ।
वृश्चिक ~(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तीर्थाटनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। कार्य सम्पादनमा केही सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। साजसज्जाको क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ।
धनु~(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विद्या र बुद्धिको विकास हुनेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ। इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। समग्रमा दिन सकारात्मक छ।
मकर~(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।
कुम्भ~(गु, गे, गो, सा, सि, सु, से, सो, द)
नजिकका व्यक्ति टाढिन सक्छन्, अत: बोल्दा सावधानी अपनाउनु होला। प्रेममा मनमुटाव हुनुका साथै मन कमजोर रहनेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।
मीन~(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल रहनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
ज्योतिष;
आचार्य पवित्र :९८६७२७८८०२
Leave A Comment