अनलाइन ठगीबाट जोगिन प्रहरीले जारी गर्यो चेतावनी, व्यक्तिगत विवरण नदिन अपिल

अर्जुन थापा काठमाडौ, ८ नोभेम्बर – केन्द्रिय अनुसन्धान ब्यूरो (CIB) ले हालै अनलाइन ठगीका घटनामा बृद्धि भएको भन्दै सार्वजनिक चेतावनी जारी गरेको छ। फेसबुक, इन्स्टाग्राम, टिकटक, इमेल, व्हाट्सएप, भाइबर र इमो जस्ता सामाजिक सञ्जालहरूबाट चिठ्ठा, उपहार, पार्सल आदि इत्यादि प्राप्त भएको भनी झुक्याएर ठगी गर्ने घटनाहरूमा बढोत्तरी भएको छ प्रहरीले जनाएको छ।

बैंक र वित्तीय संस्थाका कर्मचारीको नाममा आएको भ्रामक फोन कालहरूमा खाताको विवरण अपडेट गर्नुपर्ने भनी व्यक्तिगत जानकारी, जस्तै खाता नम्बर, जन्ममिति, OTP, र ठेगाना मागेर अपराधीहरूले नागरिकता र कागजातको नक्कली प्रयोग गरेर बैंक खाता खोल्दै, अन्यको खाताबाट पैसा निकाल्ने प्रयास गरिरहेका (CBI) ले जनाएको छ ।प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले सबै नागरिकलाई अपरिचित वा शंकास्पद नम्बरबाट आएका फोनको उत्तर नदिन र आफ्नो व्यक्तिगत विवरण नदिन समेत चेतावनी दिएका छन्।

उनले यस्ता घटनाबाट बच्नको लागि नजिकको बैंक र प्रहरी कार्यालयमा जानकारी दिन अनुरोध गरेका छन् साथै , सबैलाई सामाजिक सञ्जाल र मिडिया मार्फत यस्ता ठगीका घटनाहरूबाट सचेत रहन अपिल समेत गरेका छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *