“नक्कली चाँदीजस्तो देखिने सेतो प्लास्टिकले कभर गरेर राखेको नक्कली नोट सहित एक युवा पक्राउ

काठमाण्डौ,अर्जुन थापा= २०८१/०७/२० – भक्तपुरको सुर्यविनायक नगरपालिका स्थित इन्द्र ज्वेलर्स सुनचादी पसलका संचालक सोहिल शाक्यलाई नक्कली चाँदीका नोटसहित प्रहरीले पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको वास्तविक नोट जस्तो देखिने नक्कली चाँदीका नोटहरूको कारोबारमा संलग्न रहेको सूचना प्राप्त भएपछि पुलिसको टोलीले सो पसलमा छापा मारेको थियो।

पक्राउ गरिएको व्यवसायीको पसलबाट ४८ वटा रु. १००० दरका र २८ वटा रु. ५०० दरका नक्कली नोटहरू बरामद गरिएको छ। यी नोटहरू चाँदीजस्तो देखिने सेतो प्लास्टिकले कभर गरेर बनाएर कारोबार गर्दै आएको प्रहरीले जनाएको छ।

बरामद गरिएको नक्कली मुद्रा:
रु. १००० दरको ४८ थान, श्री 9999 उल्लेखित
रु. १००० दरको ४० थान, S,D000000 उल्लेखित
रु. १००० दरको २५ थान, ट५६,८२१३८३ उल्लेखित

रु. ५०० दरको २८ थान, श्री 9999 उल्लेखित
पक्राउ गरिएको व्यक्ति: सोहिल शाक्या उमेर अन्दाजी ३० बर्षाका रहेका छ्न भक्तपुर नगरपालिका वाडा नं. ७ बाट इन्द्र ज्वेलर्स सुर्यविनायक बाट पक्राउ परेका हुन ।

यो घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको छ र प्रहरीले अन्य संभावित संलग्न पक्षको खोजी गर्दै छ। यस प्रकरणले नक्कली नोटहरूको कारोबारमा संलग्न व्यक्तिहरूलाई कडा चेतावनी समेत दिएको छ भने थप अनुसन्धान गरि रहेको प्रहरी प्रहरी सुचना अधिकारी होबिन्द्र अधिकारिले जानकारी दिएका छ्न।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *