कार्तिक २०, २०८१ मंगलबार
राजविराज (सप्तरी) । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गर्दै निर्माणाधीन भवनको कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा मन्त्री पौडेललाई अस्पताल प्रमुख श्रीराम तिवारीले अस्पतालमा उपलब्ध विभिन्न उपचार सेवाबारे जानकारी गराएका थिए। साथै, अस्पतालले जनस्वास्थ्यका क्षेत्रमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाबारे पनि अवगत गराए। प्रमुख तिवारीले अस्पताल भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भइरहेको गुनासो गरे। निर्माण कार्य समयमा पूरा नगर्दा तेस्रो पटक म्याद थपिएको समेत जानकारी गराउँदै उनले स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन शीघ्र निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री पौडेलले अस्पतालका भौतिक संरचनाहरूलाई समयमै निर्माण सम्पन्न गरी बिरामीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनका अनुसार स्वास्थ्य सेवामा देखिएको सुधार र नागरिकहरूको स्वास्थ्य अधिकारको सुनिश्चितताका लागि अस्पतालको संरचनागत र प्राविधिक पक्षलाई समयमै पूरा गर्नु अपरिहार्य छ।
यस निरीक्षणपछि मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयबाट आवश्यक सहजीकरण र बजेट व्यवस्थापन गरिने प्रतिबद्धता जनाएका छन्।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment