कार्तिक १५, २०८१ बिहिबार
टेक्नोलोजी क्षेत्रमा क्रान्ति ल्याउन चर्चामा रहेका एलोन मस्कले अब मोबाइल फोन क्षेत्रमा पनि तहल्का मच्चाउँदैछन्। यसपटक टेस्लाले २०२४ को अन्त्यतिर टेस्ला पाई नामक नयाँ मोबाइल फोन लन्च गर्दैछ, जसमा दुई विशेषताहरू छन् जुन अहिले सम्म कुनै पनि मोबाइल फोनमा छैन।
पहिलो विशेषता यो हो कि टेस्ला पाई मोबाइललाई चार्जिङको कुनै आवश्यकता पर्दैन। यो मोबाइल फोन सूर्यको किरणबाट स्वत: चार्ज हुन्छ। तपाईको खल्तीमा भए पनि चार्ज भइरहन्छ, जसले गर्दा चार्जरको झन्झटबाट मुक्ति पाउनु हुनेछ।
दोस्रो विशेषता यो छ कि टेस्ला पाई मोबाइललाई इन्टरनेट जडानको कुनै आवश्यकता पर्दैन। यसले एलोन मस्कको आफ्नै इन्टरनेट सुविधा, स्टारलिंक स्याटेलाइटमार्फत काम गर्दछ। यसको अर्थ, तपाई जहाँ भए पनि, जङ्गल, पहाड वा समुद्र किनारा, इन्टरनेट जडान निरन्तर रहन्छ।
यी दुई अत्याधुनिक सुविधासहितको टेस्ला पाई मोबाइलले स्मार्टफोन बजारमा नयाँ युगको शुरुवात गर्न सक्छ। यो प्रविधिले गर्दा प्रयोगकर्ताहरूलाई बत्ती नहुँदा समेत चार्जिङको समस्या नहुने र दूरदराजमा इन्टरनेटको पहुँच हुने सम्भावना छ। अबको प्रश्न यो छ कि टेस्ला पाई मोबाइलले स्मार्टफोन बजारमा कस्तो प्रभाव पार्ला, र यसको मूल्य कति हुनेछ?
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment