सरकारले १६५ जना युवालाई २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराएको छ~प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्यमशीलताको प्रवर्द्धनलाई, प्राथमिकतामा राख्दै १६५ जना युवालाई २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जा उपलब्ध गराएको बताएका छन्।

वर्तमान सरकार गठन भएका १०० दिनका उपलब्धिबारे आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले थप ५ हजार १५८ जनाको स्टार्टअप कर्जा प्रस्ताव आएको र छानिएका उद्यमीहरूलाई पुस मसान्तसम्म कर्जा प्रदान गरिने बताएका छन्।

उनले युवालाई उद्यमशीलतामा प्रेरित गर्न सरकारले विना धितो कर्जा प्रवाह गरेकोमा गर्व व्यक्त गरे।सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि आवेदन खुला गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्टार्टअप उद्यम कर्जाको सदुपयोग गर्न आग्रह गरेका छन् । ‘तपाईं युवा हुनुहुन्छ, उद्यम गर्ने सोचमा हुनुहुन्छ, केही गरौँ भन्ने हुटहुटी छ भने सरकारले बिनाधितो २५ लाख रुपैयाँसम्मको स्टार्टअप कर्जाका लागि प्रस्ताव पेस गर्ने सूचना जारी गरेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *