भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न:रास्वपालाई सत्ता पक्ष दलहरुको आग्रह

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ ।

पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी र संगठित अपराध अनुसन्धानका लागि पक्राउ परेको विरोधमा रास्वपाले विरोध प्रदर्शन गरिरहेका बेला सत्तारुढ दलका नेताहरुले न्याय निरुपणको प्रक्रियालाई प्रभावित गर्नेगरी विरोध प्रदर्शन नगर्न सचेत गराएको हो ।

सत्तारुढ दलहरुले भने सडकमा भीड जम्मा गरेर छानबिन तथा न्याय निरुपणको प्रक्रिया अवरुद्ध नगर्न आग्रह गरेको छ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘अदालतलाई समेत प्रभावित गर्ने हिसाबले गतिविधि गर्नु लोकतान्त्रिक दृष्टिकोणले पनि उचित होइन।’

फौजदारी अभियोगमा छानबिन चलिरहेका बेला सडकबाट प्रभावित गर्न खोज्नु अनुचित भएको सत्तारुढ दलहरुको निष्कर्ष छ। ‘संसदले नै निर्देशन दिएको अवस्थामा छानबिन प्रक्रिया अगाडि बढ्ददा सहज रुप लिनुपर्छ उनले भने, अहिले गरिएको छानबिनमाथि प्रश्न उठाउने अदालतमै गएको हो।
सत्ता पक्षको कुनै आग्रह नभएको भन्दै एमाले महासचिव पोखरेलले छानबिनको प्रक्रिया निश्पक्ष र पारदर्शी रुपमा अगाडि बढ्ने बताए। साथै उनले भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने प्रयास नगर्न रास्वपालाई आग्रह गरे।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *