अषोज १६, २०८१ बुधबार
नेपाल प्रेस खबर रुपन्देही;
युरोपेली च्याम्पियन्स लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी, बार्सिलोना र आर्सनल विजयी भएका छन् । सिटीले स्लोभान ब्राटिसलाभालाई ४ गोलले तथा बार्सिलोनाले योङ्ग ब्वाइजलाई ५ गोलले हराएको छ । सिटीले पहिलो खेलमा बराबरी खेलेको थियो भने ब्राटिसलाभाले हारेको थियो ।
यस्तै बार्सिलोना र योङ्ग ब्वाइज पहिलो खेलमा पराजित भएका थिए । अरु खेलमा ब्रिस्टले आरबी साल्जबर्गलाई ४~० गोलले, डर्टमन्डले सेल्टिकलाई ७~१ गोलले हराएको छ । लेभेरकुसेनसँग एसी मिलान एक गोलले पराजित हुँदा इन्टर मिलानले क्रेभेना जेभेज्दालाई ४ गोलले हराएको छ ।लेभेरकुसेनले पहिलो खेल जितेको थियो भने मिलानले हारेको थियो ।
इन्टरले पहिलो खेलमा बराबरी खेलेको थियो भने जेभेज्दाले हारेको थियो । यस्तै आर्सनलले पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई दुई गोलले हराएको छ ।
पीएसजीले पहिलो खेल जितेको थियो भने आर्सनलले बराबरी खेलेको थियो । त्यस्तै पीएसभी र स्पोर्टिङ तथा भीएफबी स्टुटगार्ट र स्पार्टा प्राहाले १~१ गोलको बराबरी खेलेका छन् ।
आदरणीय महानुभावहरु ,हामी हाम्रो कलम र आवाजको माध्यम बाट तपाईं हाम्रो गाउँ , समाज र ७७ वटै जिल्लामा भएका समस्याहरूलाई सत्यतथ्य सार्वजनिक गर्न प्रण गर्दछौ ।हाम्रो राष्ट्रको सबैभन्दा ठुलो समस्या को रूपमा रहेको भस्टचार , भस्टचारले गर्दा नै आज यो मुलुक क्षतबिक्षत भएको छ । हामिले भस्टचारको विरुद्ध निडर भएर आवाज उठाउने प्रण गरेका छौ । कालोबजारी , विचौलियाको विकृती , गाउँ घरमा लुकेर रहेका समस्याहरु, दुखी बिरामी, अशक्त ,असहायहरुका समस्याहरू हाम्रा प्राथमिकता विषय हुनेछन ।
Site By: ABS Soft Pvt Ltd
Copyright © 2025 NepalPressKhabar
Copyright © 2025 NepalPressKhabar
Leave A Comment