नेपालमा बर्षाका कारण ज्यान र धनको क्षति: चुनौती र समाधान
अर्जुन थापा रुपन्देही = नेपाल हरेक बर्षा ऋतुमा प्राकृतिक प्रकोपको सामना गरिरहेको छ।,प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ भने ५५ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ । यसै गरि प्रहरीका अनुसार बाढी–पहिरोमा फसेका ३ हजार ६०० जना भन्दा बढीको अहिले सम्म उद्धार भएको छ । भने बाटैमा हजारौं यात्री अलपत्र परेका छ्न कोहि भोक भोकै छ्न कोहि बिमारी अब्स्थामा रहेकाले यस्को लागि सरकार र सम्बन्धि निकायको तत्काल ध्यानाकर्षण गराउन चाहान्छु ।
बर्षाको कारणले हुने बाढी, पहिरो र अन्य प्राकृतिक घटनाहरूले मानिसको जीवन र धनको ठूलो क्षति गरिरहेका छन्। विशेष गरी चाडपर्वको समयमा यात्रा गर्ने मानिसहरूले गन्तव्यसम्म पुग्न कठिनाई भोगिरहेका छन्। यस्तो अवस्थामा सरकार र सम्बन्धित निकायको चासो र कार्यदक्षता केहिसम्म पुगेको छ भन्ने प्रश्न उठेको छ ।
नेपालमा बर्षाका कारण हुने ज्यान र धनको क्षति रोक्नका लागि एकीकृत र दीर्घकालीन योजनाको आवश्यकता छ। सरकारले स्थानिय तहसँग सहकार्य गरेर अवसंरचना सुधार, जनचेतना वृद्धि र आपतकालीन योजनाहरूको विकास गर्नुपर्छ। यस्ता कदमहरूले मात्र जनतालाई सुरक्षित र सशक्त बनाउन सक्छ।
जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको अनुमान गर्न सकिन्छ । सरकारको जिम्मेवारी हो कि उनीहरूले यी समस्याहरूलाई गम्भीरतासाथ लिई जनताको जीवन र धनको रक्षा गर्न पहल गर्नु प्रछ हरेक पल्ट प्राकृतिक आपदामा सरकार गैरजिम्मेवार हुनु नेपाली जन्ताको लागि दु:खद क्षण् हो ।
विभिन्न काल खण्डमा यस्ता आपदा आउदा सरकार र सरकारी निकायले के गर्यो कस्तो कार्यायोजना बनायो त केहि लेखा जोखानै छैन यो गम्भीर बिषय हो र यसमा नेपाली जन्ताले सरकार वाला र सम्बन्धि निकाय सङ्ग प्रश्न उतर नगर्दा पनि सरकार मौन रहेको देखन सकिन्छ । आम नागरिकले आफ्नो हक अधिकार पर्योग गरि सरकार र सरकार वाला निकाय लाइ जब सम्म झक झकाउदैन्न तब्ब सम्म यस्ता बिपत्ति हरु हामि नेपालीले भोगनु प्रने छ ।
समस्या र कारण
अवसंरचना विकासको कमी: नेपाल भौगोलिक हिसाबले चुनौतीपूर्ण छ। तर, त्यहाँको सडक, पुल र ढलको संरचना प्राविधिक रूपमा कमजोर छ। पहिरो र बाढीको समयमा यी संरचनाहरू चाँडै क्षति हुने गर्छन्।
सरकारी योजना र कार्यान्वयनमा कमी: सरकारले बाढी र पहिरोको जोखिम व्यवस्थापनको लागि योजना बनाउँदा पनि त्यसको कार्यान्वयनमा कमी देखिन्छ। यस्ता घटनाबारे स्थानीय तहमा ध्यान दिनु पर्ने कुरा महत्त्वपूर्ण छ।
सुरक्षा र चेतनाको अभाव: स्थानीय बासिन्दाहरूलाई बाढी र पहिरोको समयमा के गर्नुपर्छ भन्ने बारेमा पर्याप्त जानकारी र चेतना छैन।
रोकथामका उपायहरू
सडक र पुलहरूको मजबुतीकरण: पहिरो र बाढीको क्षति कम गर्न, अवसंरचना मजबुत बनाउन विशेष ध्यान दिनु पर्नेछ। यो काममा आधुनिक प्रविधिको प्रयोग गर्न सकिन्छ।
स्थानिय जनतालाई प्रशिक्षण: बाढी र पहिरोको समयमा कसरि बच्न सकिन्छ भन्ने बारेमा जनतालाई नियमित तालिम र जानकारी दिनु आवश्यक छ।
आपतकालीन प्रबन्धको योजना: आपतकालीन अवस्थामा कसरि प्रतिक्रिया दिन सकिन्छ भन्ने बारेमा सरकारी निकायहरूले स्पष्ट योजना बनाउनु पर्छ।
समुदाय आधारित दृष्टिकोण: स्थानीय समुदायलाई आपतकालीन प्रबन्धमा संलग्न गराएर उनीहरूको अनुभव र ज्ञानको उपयोग गर्न सकिन्छ।
तस्बिर फाइल सामाजिक संजाल