img

बालेनको गित गाएपछी पोखरा महानगरकी कर्मचारीलाई ‘कारवाही’

पोखरा, पोखरा महानगरपालिकाकी एक कर्मचारी चन्द्र बती वाग्ले बालेन शाहको गीत गाएपछि सरुवा गरिएकी छन्। वाग्लेले आफ्नो तिज गितमा काठमाडौंका मेयर बालेन शाहको प्रशंसा गरेकाे भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि यो विवाद सुरु भएको हो। पोखरा महानगरपालिकाले वाग्लेको यो क्रियाकलापलाई कार्यालयको मर्यादा विपरीत ठहर गर्दै अनुशासनात्मक कारवाहीस्वरूप उनको तत्काल सरुवा गरेको हो।

महानगरका प्रवक्ता कृष्णप्रसाद तिवारीले भने, “हामीले कर्मचारीहरूलाई सरकारी कामकाजको क्रममा कुनै पनि किसिमको राजनीतिक गतिविधिमा संलग्न नगर्न निर्देश गरेका थियौं। वाग्लेले यसको उल्लङ्घन गरेकाले कारवाही गर्नुपरेको हो।”

वाग्लेले भने, “मैले उक्त गीत व्यक्तिगत रुपमा मन परेकाले गाएको हुँ, र यसमा कुनै पनि राजनीतिक आशय थिएन। तर, यो विषयले अनावश्यक विवाद सिर्जना गरेकोमा म दुःखी छु। बरु मेरो जागिर नै जाओस् तर म यो गीत चाहिँ युटुव बाट हटाउँदिन।”

पोखरा महानगरमा यो घटनाले तरंग ल्याएको छ। चन्द्र बती वाग्लेले बालेन शाहको कामको प्रशंसा गर्दै गीत गाएपछि उनको सरुवाले सामाजिक सञ्जालमा चर्को चर्चा पाएको छ। यो घटनाले महानगरको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ, जहाँ एक कर्मचारीको व्यक्तिगत अभिव्यक्तिका कारण सरुवा भएको छ। अब वाग्लेको सरुवापछिको घटनाक्रमले के मोड लिने हो भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

Leave A Comment

Related Post